• ON AIR
  • स्टेशन सुभारम्भ

‘नाईं नभन्नू ल’ मिस गरेकी केकी ५ मा यसरी जोडिइन्

काठमान्डौ– नाईं नभन्नू ल ५को मा कलाकारको रुपमा फाइनल हुने केकी अधिकारी अन्तिम कलाकार थिइन् । फ्लोरमा जाने समयसम्म पनि निर्देशक विकास आचार्यले केकीले अहिले गरेको भूमिका गर्ने कलाकार भेटेका थिएनन् । उनको दिमागमा केकी थिइन् तर उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिजको संघारमा थियो । यस्तो समयमा केकीलाई अभिनयका लागि आग्रह गर्न आचार्यको मुख लागेन । तर, टिमकै एक सदस्य कुरा गरि हेर्नुन भनेपछि आचार्यले केकीलाई आग्रह गरेका थिए । जुन आग्रह केकीले सजिलै स्विकारिन् । तर आचार्यले केकीलाई नाईं नभन्नू ल सिरिजमा अभिनय गर्न प्रस्ताव लिएर गएको पहिलो पटक पटक थिएन । आचार्यले पहिलो शृंखलामै हिरोइनका लागि केकीलाई आग्रह गरेका थिए । तर केकीले ‘स्वर’ बाट डेब्यु गर्ने निर्णय गरिसकेकी थिइन् । उनले पहिलो नाईं नभन्नू ल यसरी मिस गरेकी थिइन् ।

पछि आचार्यले केकीलाई तेस्रो शृंखलामा पनि अफर गरेका थिए तर केकी सोही समयमा अर्को फिल्ममा व्यस्त भएका कारण यो फिल्म पनि गर्न पाइनन् । तर, फेरि जब ५ बाट पनि अफर आयो, न उनले यो अवसर गुमाउन चाहिनन् ।  ‘विकास अंकलले पहिलो फिल्मदेखि नै मलाई सम्झने गर्नु भएको थियो । विविध कारणले गर्न पाएको थिइँन । तर फेरि ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हुँ । मलाई आफ्नै फिल्म तयार गर्ने प्रेसर थियो त्यसका बावजुद पनि यो पाली चैं नछाडने निर्णय गरे,’ केकीले भनिन् ।

केकी नेपालकै सबैभन्दा चर्चित फ्रेन्चाइजमा काम गर्न पाउँदा खुशी लागेको बताउँछिन् । ‘हाम्रो लागि नाईं नभन्नू ल सिनेमा नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै एक्साइटेड थिएँ । त्यो एक्साइटमेन्ट रिलिज नजिक आउँदा झनै बढेको छ,’ केकीको भनाई छ । फिल्म गर्ने निर्णय गर्न केकीलाई निर्देशक आचार्यको इगोरहित बानीले पनि प्रेरित गरेको उनी बताउँछिन् । उनको अनुभवमा एक चोटि काम गर्न नमानेको कलाकारसँग निर्माता निर्देशकले इगो लिएर दोस्रो पटकदेखि कुरै गर्दैनन् । ‘तर विकास अंकलले कहिलै मेरो इन्कारलाई त्यसरी लिनु भएन । यही कारण हो, पाँचमा हामीले सँगै काम गर्यौं,’ केकीले भनिन् । भदौ ८ बाट प्रदर्शनमा आउन लागेको फिल्ममा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । फिल्म देशभरका सयभन्दा बढी पर्दाबाट रिलिज हुँदैछ । फिल्ममा मुख्य भूमिका अनुभव रेग्मी र सेड्रिना शर्माको छ ।

प्रतिकृया दिनुहोस

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार  रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म

वृहत् रामेछाप महोत्सवको आज तेस्रो दिन चर्चित ९ कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप–“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारा सहित यही पुस २६ देखि