• ON AIR

‘चंगा चेट’ गीत : क-कस्को गोजीमा दाम छैन ?

काठमान्डौ– तीन जोडी स्टारर फिल्म फिल्म ‘चंगा चेट’को गीत रिलिज गरिएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राणा र सन्दिप क्षेत्री तथा सुरक्षा पन्त र रविन्द्र झाले नृत्य पस्केका छन् । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतमा राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको छ । गितको शब्द हरिहर तिमल्सिनाले  लेखेका छन् । स्वरमा राजनराज सँगै मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर दिएकी छन् । नवराज उप्रेतीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ । दिपेन्द्र के खनाल निर्देशित फिल्म लाई माधव वाग्ले र सर्मिला पाण्डेले निर्माण गरेका हुन् ।पहिलो गीत रिलिज गरेसँगै चंगा चेटको प्रदर्शन मिति पनि तय गरिएको छ । सोमबार गरिएका प्रेसमिटमा फिल्म कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउने जानकारी गराइयो ।

भिडियो हेर्न  लिंक क्लिक गर्नुहोस : https://youtu.be/x6VSYAOnf5M

 

प्रतिकृया दिनुहोस

‘छक्का पञ्जा ३’ स्पेनका चार शहरमा प्रदर्शन हुँदै

कात्तिक ७,काठमाडौँ– फिल्म ‘छक्का पञ्जा ३’ नेपालका हलहरुमा चलिरहेको छ । यो फिल्म अब भने अन्तर्राष्ट्रिय शो हरु पनि सुरु हुने भएको छ । फिल्मलाई

रामकहानीको समावेशी पोष्टर, अटाए सबै कलाकार

गीतसंगीत र ट्रेलर सार्वजनिक भएपछि बजारमा राम्रो हाइप बनाएको चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ ।भदौ २२ गतेबाट रिलिज हुने यो

प्रियंका र आयुष्मान सहित तीन जोडीको छमछमी, चङ्गा चेट गीत रिलिज

कमेडी जनराको चलचित्र ‘चङ्गा चेट’ को रमाइलो गीत रिलिज भएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी सहित सन्दिप