• ON AIR

नगरपालिकाको शिक्षक सरुवाको निर्णयप्रति नेविसंघको ध्यानाकर्षण 

असोज २,रामेछाप– रामेछापको मन्थली नगरपालिकाको नगर शिक्षा समितिले गरेको नगरभित्रका  शिक्षक सरुवाको निर्णय आलोचित र विवादित बनेको छ । नगरभित्रका ६९ जना शिक्षकहरुको नगर शिक्षा समितिले एकैपटक सरुवा गरेपछि शिक्षकहरुका पेशागत संग संगठन र विद्यार्थी संगठनहरुले आपत्ति जनाउदै विरोध गरेका छन् । 


नेपाल विद्यार्थी संघ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस ईकाईले पनि शिक्षक सरुवाको निर्णय अवैधानिक र मनोमानी भएको भन्दै आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै नगरपालिकाले गरेको शिक्षक सरुवाले नगरभित्रका विद्यालयमा अध्ययन गरिरहेका लगनशिल विद्यार्थीहरुलाई आक्रोशित बनाएको जनाएको छ । विद्यार्थीको पठन–पाठनमा प्रत्यक्ष असर पर्ने गरि नगरपालिकाले गरेको  शिक्षक सरुवाको निर्णय सच्याउन माग गर्दै नेविसंघ क्याम्पस ईकाई समितले निर्णय फिर्ता लिनका लागी नगरपालिकासंग पहल गरिदिन पनि सम्वन्धित निकायसं आग्रह गरेको छ । 


यसअघी नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ र नेपाल ट्रेड युनियन काँग्रेसले पनि अवैधानिक सरुवा गरेको भन्दै बिरोध जनाएका थिए । नगरपालिकाकै केहि वडाहरुले पनि विद्यालयको पठनपाठन नै ठप्प हुने गरि शिक्षकहरुको सरुवा गरीएको भन्दै निर्णय कार्यान्वयन हुन नदिने बताएका थिए । 
 

प्रतिकृया दिनुहोस

नेपाल पुस्तक महासंघ रामेछापको अध्यक्षमा घिमिरे

मंसिर ४,रामेछाप– नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखा रामेछापको अध्यक्षमा मिनप्रसाद घिमिरे चयन भएका छन् । पाँचौ जिल्ला अधिबेसनले

२ लाख बराबरको भारतीय औषधि बरामद

मंसिर ४, गौशाला– महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करिब २ लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ। भन्सार छलेर

नेविसंघको आह्वानमा काभ्रेका सबै विद्यालय बन्द

कात्तिक २५,काभ्रे– नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ ।