• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

मृगौला बचाऔं अभियान टोली रामेछापमा

पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुगेको छ ।  वरिष्ठ मृगौला विशेषज्ञ डा.ऋषीराज काफ्लेको नेतृत्वमा शुक्रबार मन्थली आइपुगेको विशेषज्ञको टोलीले मृगौला बचाऔं अभियान कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेको थियो ।  अभियानले स्थानीय तामाकोशी सहकारी अस्पतालमा आयोजित सरोकारवालाहरुसँगको छलफलमा नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार र प्रशस्त पानीको सेवन नै मृगौला बचाउ अभियानको  मूल आधार भएको जानकारी गराएको थियो । 


कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.काफ्लेले हरेक वर्ष नेपालमा मृगौला रोगीहरुको संख्या बढिरहेको भन्दै देशमा सरदर २५ देखि ३० लाख व्यक्तिमा मृगौलाको समस्या देखिएको बताउनुभयो ।  यस खालको समस्यालाई न्यूनीकरण गर्न आम नेपालीहरुको दायित्व भएको भन्दै उहाँले ३ लाख व्यक्तिहरुको मृगौला भने बिग्रिरहेको दावी गर्नुभयो ।  आफू रामेछापको सालुमा जन्मिएका कारण पनि मृगौला बचाऔं अभियानको कार्यक्रम पहिलो चरणमा रामेछापबाटै आरम्भ भएको पनि डा. काफ्लेले बताउनुभयो । 


अभियान अन्तर्गत पहिलो चरणमा ५ सय रुपैयाँ नगद बुझाएर सदस्य बन्न सकिने र त्यसवाट उठेको रकमलाई मेची महाकालीका विपन्न बस्तीहरुसम्म पुर्याइने जानकारी पनि डा.काफ्ले गराउनुभयो ।
 

प्रतिकृया दिनुहोस

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति

१२ असोज २०८०, शुक्रवार रामेछाप– आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । शुक्रवार सरकारका तर्फबा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री