• ON AIR
  • स्टेशन सुभारम्भ

भारतका विदेश राज्यमन्त्री अकबरले दिए राजीनामा

असोज ३१, काठमाडौं – कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप झेलिरहेका भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा दिएका छन् । विदेश राज्यमन्त्री अकबरले मुख्य सचिव नृपेन्द्र मिश्रालाई इमेलमार्फत राजीनामा दिएका हुन् । उनले राजीनामा दिँदै विदेशमन्त्री सुषमा स्वराजसँग भेट्न समय माग पनि गरेका छन् ।

सामाजिक सञ्जालमा चलिरहेको ‘मि टू’ अभियान अन्तर्गत कैयौँ महिला पत्रकारले मन्त्री तथा पूर्व पत्रकार एमजे अकबरमाथि यौन हिंसाको आरोप लगाएका थिए ।यी आरोपका बारेमा मन्त्री अकबरले अहिलेसम्म प्रतिक्रिया दिएका छैन । गएको हप्ता आरोप लागेको केही घण्टामा नै उनी विदेश भ्रमणका लागि नाइजेरिया गएका थिए । आइतबार बिहान स्वदेश फर्किएका राज्यमन्त्री एमजे अकबरले छिट्टै नै यसबारेमा आफ्नो प्रतिक्रिया दिने बताएका छन् । यौन उत्पीडनको आरोप लागेपछि बीजेपी नेतृत्व सरकारको कडा आलोचना हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट

१६ माघ २०८०, मङ्गलवार रामेछाप– भारतको राजधानी दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा ४ सय भन्दा धेरै निजी सवारी साधन जलेर नष्ट भएको हो । उत्तरी

इजरायली सेनाले गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ गर्‍यो

२० पुष २०८०, शुक्रवार रामेछाप– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट करिब ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन