• ON AIR

गाउँपालिकाभित्र विकास निर्माणको काम पारदर्शी हुन्छः सुनापति गाउँपालिका अध्यक्ष लामा

कात्तिक ९,रामेछाप– रामेछापको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले सुनापती गाउँपालिकाभित्र हुने विकास निर्माणको काम पारदर्शी हुने बताउनुभएको छ । समृद्ध गाउँपालिका निर्माणको लागि आफूहरु जुटेको बताउदै उहाँले गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर विकास निर्माणको काम अगाडि बढाएको बताउनुभएको हो । सुनापती गाउँपालिका–१ गुन्सीस्थित धारापानीमा सामुदायिक स्वास्थ्य इकाईको उदघाटन गर्दै अध्यक्ष लामाले समृद्ध गाउँपालिका निर्माणको लागि आफूले सबै समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिहेका छौ ।’

उहाँले नागरिकहरुको स्वास्थ्यप्रति गाउँपालिका जिम्मेवार रहेको बताउदै प्राथमिक स्वास्थ्य सेवा पुग्न नसकेको स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गर्ने बताउनुभयो । गाउँपालिकाबाट हुने काम सञ्चालन भइरहेको उल्लेख गर्दै गाउँपालिकाको स्रोत र साधनले नहुने विकास निर्माणको आयोजनाहरुमा प्रदेश र केन्द्र सरकारसँग बजेट ल्याएर भए पनि काम गरिने योजना रहेको उहाँले बताउनुभयो ।सामुदायिक स्वास्थ्य इकाइमा एक जना अनमि र एक जना अहेव रहेका छन् । अब धारापानीका स्थानीय वासिन्दाले प्राथमिक स्वास्थ्य सेवा लिन घण्टौ धाउनु पर्ने बाँध्यता हटेको छ ।

कार्यक्रमका संयोजक नवराज तामाङले अब सिमपानी, धारापानी र बोझेनीका जनताहरुले घण्टौ धाउनु पर्ने बाँध्यता हटेको बताउदै स्वास्थ्य इकाइमा एक जना कार्यालय सहयोगीको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका