• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

 ने.क.पा. ले पायो वैधानिकता 

कात्तिक १०,काठमान्डौ– नेपाल कम्युनिष्ट पार्टी नेकपाले वैधानिकता पाएको छ । निर्वाचन आयोगले नाम विवाद टुंग्याउदै नेकपालाई वैधानिकता दिएको हो । तत्कालिन एमाले र माओवादिको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेपछि ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको थियो । आफ्नो दलको नामसँगजुध्ने गरी नाम राखेकाले नामखारेज गर्न मागगर्दै कट्टेलले निर्वाचन आयोगमा निवेदन दिनु भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसादयादव,आयुक्तहरु इलाशर्मा, ईश्वरी प्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले हिजो दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो । कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी नेकपाको अलग, अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन