• ON AIRफिल्मी गितहरु
  • लोक लहरी (प्रशान्तको साथमा)

माथिल्लो तामाकोशी आयोजनाले स्थानीयलाई शेयर बाँडफाँट गर्ने 

कात्तिक १४,चरिकोट– माथिल्लो तामाकोशीको जलविद्युत आयोजनाले दोलखावासीका लागि आजदेखि शेयर बाँडफाँट गर्ने भएको छ । आयोजनाले प्रभावित क्षेत्रवासीका लागि असार १६ देखि भदौ २१ गतेसम्म  बिक्री खुल्ला गरेको शेयरको बाँडफाँट आज दिउँसो ३ बजेबाट गर्ने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो । 


सर्वसाधारणका लागि छुट्टाइएको कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्येबाट १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो । आयोजनाको आईपीओमा २ लाखभन्दा बढी स्थानीय बासिन्दाबाट आवेदन परेको थियो । आयोजना प्रभावित स्थानीयहरुलाई ‘क’, ‘ख’ र ‘ग’ गरी ३ वर्गमा वर्गीकरण गरेर शेयर जारी गरिएको थियो । आयोजनाबाट अति प्रभावितलाई ‘क’ बर्गमा, मध्यम प्रभावितलाई ‘ख’ वर्ग र कम प्रभावितलाई ‘ग’ वर्ग गरी ३ तहको वर्गिकरण गरिएको छ ।


शेयर बाँडफाँड गर्दा आवेदकलाई न्यूनतम ३० देखि ९० कित्तासम्म सेयर वितरण गर्ने तयारी छ । स्थानीय लागि छुट्याइएको शेयर बाँडफाँटपछि भोलिबाट ७६ जिल्लाका सर्वसाधरणका लागि सेयर निष्कासन गर्ने जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण