• ON AIR

उपल्लो र अपर खिम्तीमा राजधानीबाटै शेयर हाल्न सकिने

कात्तिक १४,रामेछाप– रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाले स्थानीय प्रभावितहरुको लागि जारी गरेको शेयर काठमाडौंबाट पनि हाल्न पाइने भएको छ । उपल्लो खिम्ती १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनामा रामेछाप र दोलखाका स्थानीय प्रभावित बासिन्दाले ९ करोड ९० लाख शेयर हाल्न पाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ९ करोड ९० लाखको स्थानीय शेयर निष्काशन गरेको छ ।

कार्तिक ६ गतेबाट सुरु भएको स्थानीय शेयरमा स्थानीयले न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ । जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गरिएको हो । रामेछापको गोकुलगंगा गाउँपालिका २, ३, ४ र ५ (साविकको ठोसे, रस्नालु, बेताली र नामाडी गाविस) दोलखा जिल्लाको जिरी नगरपालिकाको साविक माली गाविस, तामाकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६, साविक सहरे र च्यामा गाविस तथा रामेछापको मन्थली नगरपालिकाको साविक फुलासी गाविसको लागि ५ लाख ९४ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई शेयर निष्कासन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण