• ON AIR

तल्लो तहसम्म पार्टी एकता छिटै हुन्छ : प्रचण्ड 

कात्तिक १७,बुटवल– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै तल्लो तहसम्म पार्टी एकता गर्ने र सरकारको कामको बेग बढाउने बताउनुभएको छ । बुटवलमा शनिवार आयोजित सन्देश सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष दाहालले अब पार्टी एकता हुन्न र सरकारले राम्रो काम गरेन भनेर झिंगे दाउ थाप्नेका दिन गएको बताउनुभयो । फरक परिवेश र पृष्ठभूमिबाट आएका पार्टीबीचको एकताका लागि समय लाग्ने उहाँको कथन थियो । अब छिटै स्थानीय तहसम्म नै दुई पार्टी एक हुने दाहालले बताउनुभयो ।


 सरकारको काम कारबाहीलाई लिएर आलोचना भइरहेका बेला उहाँले मौलिक हक लगायतका ऐन बनाउन समय खर्चेको सरकारले अब जनताका काममा बेग बढाउनुपर्ने बताउनुभयो । पार्टी एकतापछि देशले विकास र संमृद्धिको मार्ग प्रशस्त गरेको भन्दै अध्यक्ष दाहालले राजनीतिको अन्तिम दशकमा रहेका केपी ओली र आफूले देशलाई विकासको नयाँ मोडलमा ढाल्ने बताउनुभयो ।


 सभामा पार्टी महासचिव विष्णु पौडेलले व्यवस्थित र परिपक्व तरिकाले अघि बढेकाले सरकार र पार्टी एकताको आलोचना गर्नेका पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कम्युनिष्टको एकता र विकासको मोडल देख्न नसक्नेहरुले गलत टिप्पणी गरेको भन्दै उहाँले त्यसलाई बेवास्ता गर्र्नु पर्नेमा जोड दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन