• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

राष्ट्रिय अखण्डताका लागि सुगौलीसन्धी पुनरावलोकन : नेता खनाल 

कात्तिक १७,काठमान्डौ– नेपाल कम्प्युनिष्ट पार्टीका नेता झलनाथ खनालले सुगौलीसन्धी पुनरावलोकन मार्फत राष्ट्रिय अखण्डता बचाउनुपर्ने बताउनु भएको छ । बागलुङमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सिमारेखाहरु मिचिईरहेपनि नेतृत्वले चासो राख्न नसकेको टिप्पणी गर्नुभयो । सुगौली सन्धीका बेला महाकाली नदीको सिमाना भनिएपनि पश्चिम सिमाना धेरै मिचिएको उहाँको भनाई थियो । 


नेपालको छातीमा बिदेशी सेनाले परेड खेल्दा नेतृत्वले बोल्न नसकेको उहाँले आरोप लगाउनुभयो ।   संविधान कार्यान्वयनको लागि राष्ट्रियता सुदृढ बनाउने एजेण्डा पनि सँगै लैजान उहाँले आग्रह गर्नुभयो । नेपाल र नेपालीका लागि अहिले ६ वटा कार्यभार रहेको भन्दै सबै राजनीतिक दल, सरकार र आम नागरिकबाट ती कार्यभार पुरा गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो ।


उहाँले लोकतन्त्रको रक्षा, राष्ट्रियताको सुदृढीकरण, सामाजिक आर्थिक रुपान्तरण, सुशासन, सास्कृतिक बिकास र समान अन्तराष्ट्रिय सम्बन्ध बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।  

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन