• ON AIR

मन्थली बजार क्षेत्रको सरसफाई 

कात्तिक १८,मन्थली– शनिवार रामेछाप सदरमुकाम मन्थलीको बजार क्षेत्रमा सरसफाई गरिएको छ । चाँडवाँडको समयमा बजार क्षेत्रमा मानिसहरुको चहलपहल धेरै हुने र फोहोर पनि बढ्ने भएकोले बजारको सरसफाई गरिएको हो । अघि बढछौँ नामक संस्थाको अगुवाई र ब्लड पल, तामाकोशी सहकारी अस्पताल,मन्थली नगरपालिका लगाएतका संघसंस्थाको संयोजनमा मन्थलीस्थित वि.पी. चोकदेखी कटहर बोटसम्मको क्षेत्रमा सरसफाई गरिएको हो । 

मन्थली नगरपालिकाले व्यवसायीहरुसंगको समन्वयमा “क्लिन मन्थली,ग्रिन मन्थली” नारा दिएर बजार क्षेत्रको सरसफाई गर्ने गरेको भएपनि केहि व्यवसायीहरुको असयोगको कारण बजार क्षेत्रमा फोहोर थुप्रने गरेको छ । नगरपालिका भित्र गठित टोल सुधार समितिले पनि सरसफाईलाई नियमित गर्न नसक्दा बजार क्षेत्रमा दुर्गन्ध समेत फैलने गरेको छ । 

प्रतिकृया दिनुहोस

उमाकुण्ड गाउँपालिकामा कृषि महोत्सवको तयारी

 मंसिर ४, रामेछापः जिल्लाको उमाकुण्ड गाउँपालिकामा यही मंसिर १६ गतेदेखि २१ गतेसम्म “उमाकुण्ड कृषि महोत्सव २०७५” हुने भएको छ । राजेश पशुपालन विकास

वर्तमान सरकारले जनचाहना अनुसारकै काम गरिरहेको छ : अर्थमन्त्री ढुंगेल

कातिक २०,रामेछाप– प्रदेश नं. ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश प्रसाद ढुँगेलले वर्तमान सरकारले जनचाहना अनुसार काम गरिरहेको बताउनुभएको छ ।

मन्थलीबाट जुवातास खेल्ने तिन जना पक्राउ

कातिक १८,मन्थली– चाडपर्वलाई मध्य–नजर गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जुवातास नियन्त्रणको अभियानलाई अगाडि बढाएको छ । जिल्ला प्रशासन