• ON AIR
  • स्टेशन सुभारम्भ

प्राविधीक शिक्षाको क्षेत्रमा सुनापति गाउँपालिकालाई अगाडी बढाउने छौंः अध्यक्ष लामा 


    सुनापति गाउँपालिकाका अधिकांश विधालयलाई आईटिक्षेत्रमा अगाडी बढाएर रामेछाप जिल्लाको नमूना गाउँपालिका बनाउने अध्यक्ष धावा लामाले वताउनुभएको छ । 
    विकासको प्रमुख आधार भनेको शिक्षा क्षेत्रको विकास नै भएको बताउँदै लामाले सामुदायीक विधालयमा शिक्षाको गुणस्तर खस्किएको चर्चा सर्बत्र चलिरहेको बेला आप्mनो पालिकाभरी सञ्चालनमा रहेका विधालयहरुलामा शिक्षाको स्तर माथि उठाउनकोलागी आफू लागिपरेको बताउनुभएको हो । 
अहिले बेथानको डहु माविलाई प्राविधीक शिक्षाको नमुनाको रुपबाट अगाडी बढाउँने बताउँदै आईटीको क्षेत्रमा सुनापति गाउँपालिकामा तालिम प्राप्त जनशक्ति पर्याप्त भएकोले आवश्यक पर्ने सबै विधालयका शिक्षकलाई आईटि सम्बन्धी तालिम दिएर सामुदायीक विधालयको स्तर उठाउने लामाको भनाई छ । जसकोलागी बजेट छ्ट्टयाईको पनि उहाँले बताउनुभयो । 
प्राविधिक क्षेत्रमा अगाडी बढाउन गाउँपालिकामा २ वटा प्राविधिक विधालय र २ वटा क्याम्पस सञ्चालन गर्ने लामाले बताउनुभयो । उहाँले प्राविधीक क्षेत्रमा कम्प्युटर ईन्जिनीयरिङ कक्षा सञ्चालन गर्नकोलागी यस बर्षबाट डहु माविलाई कक्षा ११ को अनुमति दिईसकेको र बाली विज्ञानका विषयमा पठनपाठनकोलागी पनि अनुमति दिईएको बताउनुभयो । पठनपाठनलाई प्रभाबकारी रुपमा सञ्चालन गर्नकालागि पालिका भरिका १२ वटा मावि र ४ वटा निमाीवमा सिसिक्यामेरा समेत जोडिएको लामाको भनाई छ । शिक्षकको नियमितताकोलागी डिजीटल हाजिरीको समेत ब्यवस्था गरिएको उहाँको भनाई छ । आप्mनो पालिकामा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनकोलागी जर्बजस्ति नगरिएको र संभावना भएका विधालयलाई हाल अगाडी बठाउन निर्देशन दिएको बताउँदै लामाले आधारभूत तहका विधालयमा मन्टेश्वरी कक्षा सञ्चालनकोलागी पनि वजेट छुट्टयाईएको जानकारी दिनुभयो । 
अर्को प्रसंगमा अध्यक्ष लामाले विकास निर्माणको क्षेत्रमा अहिले आप्mनो पालिकाभरी सबैघरमा विधुत जडान भैसकेको र काठको पोललाई विस्थापित गरी फलामे पोल जोडिसकिएको पनि बताउनुभयो । त्यसैगरी स्वास्थ्य क्षेत्रमा पनि सबै वडामा स्वास्थ्यचौकी रहेको र आवश्यकताको आधारमा स्वास्थ्य ईकाइ समेत सञ्चालनमा रहेको उहाँको भनाई छ । 
त्यसैगरी, आप्mनो गाउँपालिकाको विकासको क्षेत्रमा भ्रष्ट्राचार रोक्न जनतासँग प्रत्यक्ष सरोकार राखेर अगाडी बढ्ने लामाले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।  विकास निर्माणको क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कार र भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने उहाँले बताउन्भयो । विकास निर्माणको काममा पालिकाबाट प्रत्यक्ष आफैले अनुगमन गर्ने र जनतालाई पनि अनुगमन गर्न लगाउने भएकोले भ्रष्ट्राचार सुन्य हुने उहाँको भनाई छ ।  
 

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका