• ON AIRबाल सन्सार
  • उज्यालो न्यूज

ग्यास बोकेको ट्यांकरले ठक्कर दिँदा धादिङमा दुई बटुवाको मृत्यु


कात्तिक २५, धादिङ – खाना पकाउने ग्यास बोकेको ट्यांकरले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न.–५ विशालटारमा आइतबार ठक्कर दिँदा दुई जना बटुवाको मृत्यु भएको छ । ठक्कर दिने क्रममा ट्यांकर पल्टेको र ट्यांकरबाट ग्यास चुहिएपछि त्यस क्षेत्रमा खतरा पनि बढेको छ ।  भारतबाट काठमाडौतर्फ आउँदै गरेको यू पी ७५ एजे ५२०८ नम्बरको ट्यांकरले सडक किनारामा हिँडिरहेका बेनिघाट रोराङ गाउँपालिका वडा न.–५ की २१ वर्षीया सुनिता नेपाली र उनकी आमा ३५ वर्षीया गीता नेपालीलाई ठक्कर दिँदा ग्यास बुलेट पल्टिएको थियो भने नेपाली आमा–छोरी घाइते भएका थिए ।

 

 घाइते भएका आमा छोरीको गजुरी प्राथमिक स्थास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त ग्यास बुलेट बाटोबाट करिब २० मिटर तल पुगेको छ । पल्टेको बुलेटबाट ग्यास चुहिएर त्यस क्षेत्रमा त्रास पैदा भएको स्थानीय शिक्षक राममणि थपलियाले बताउनुभयो । प्रहरीले प्राविधिक टोलीको सहयोगमा चुहिएको ठाउँमा टाल्ने काम गरिरहेकोे जनाएको छ । प्रहरीले घटनास्थलमा उद्धारकर्ताबाहेकलाई जानसमेत प्रतिबन्ध लगाएको छ ।   बुलेट ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरि हिरासतमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा