• ON AIR

विदेशमा बस्ने नेपाली भोट गर्न पाउने व्यवस्था गर्दै निर्वाचन आयोग 

मंसिर १,काठमान्डौ– निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरुले पनि भोट हाल्न सक्ने गरि व्यवस्था गर्ने तयारी भईरहेको जनाएको छ । हिजो काठमाण्डौमा आयोजित एक कार्यक्रममा प्रमूख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आयोगले विदेशमा बस्ने नेपालीहरुले उतैबाट भोट गर्न सक्ने गरि प्रवन्ध मिलाउन खोजिरहेको बताउनुभएको हो । तर सरकारले भने यसको लागि उचित ध्यान नदिएकोआयुक्त यादवले गुनासो गर्नुभयो ।

सोही कार्यक्रममा संसदको राज्य व्यवस्था तथा सुसासन समितिका सभापति शशी श्रेष्ठले निर्वाचनमा हुने खर्चलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ । निर्वाचनका समयमा नेताहरुलाई खर्चको सिलिङ्ग तोकेर सरकारले नै सबै व्यवस्था गरिदिने हो भने  सहज हुने श्रेष्ठले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

सामाजिक सुरक्षा सबैका लागि उपयोगीः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाबाट जन्मेदेखि बाँचुन्जेलसम्मका लागि नागरिकलाई फाइदा पुग्ने बताउनु भएको छ । राजधानी

नेपालमै पहिलोपटक ह्याकर सम्मेलन हुँदै, लाइभ ह्याकिङ हुने

मंसिर ४, काठमाडौं – नेपालमा पहिलो पटक यही मंसिर २२ र २३ गते अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । काठमाडौंको होटल

कुटाइ खाएका ट्याङ्कर चालकको आन्दोलन फिर्ता

मंसिर ४,काठमाडौं– भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् ।