• ON AIR

ओखलढुङ्गाको एक पेट्रोलियम पम्पमा शिलबन्दी

मंसिर ४,ओखलढुंगा– काठमाडौं– आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ बिक्री वितरणमा अनियमिता एवम् ठगी गर्ने ओखलढुङ्गाको खुश्वु इन्धन सप्लायर्समा शिलबन्दी गरी कारोबार रोक्का गरिएको छ। 

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शम्भु झाको नेतृत्वमा खटिएको टोलीले सो सप्लायर्सको उपकरणमा सफ्टवेयर ९चिप्स० प्रयोग गरी पेट्रोलियम पदार्थ तोकिएकोे भन्दा कम तौलमा बिक्री गरेको भेट्टिएपछि शिलबन्दी गरिएको हो।

प्रमुख झाका अनुसार कृष्णराम मकाजुद्वारा सञ्चालित सो सप्लायर्सको उपकरण जाँच गर्दा प्रति पाँच लिटर डिजलमा २ सय ८० मिलिलिटर तथा पाँच लिटर पेट्रोलमा १ सय ३५ मिलिलिटर कम गरी बिक्री वितरण गरेको पाइएको थियो।

प्रतिकृया दिनुहोस

सामाजिक सुरक्षा सबैका लागि उपयोगीः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाबाट जन्मेदेखि बाँचुन्जेलसम्मका लागि नागरिकलाई फाइदा पुग्ने बताउनु भएको छ । राजधानी

नेपालमै पहिलोपटक ह्याकर सम्मेलन हुँदै, लाइभ ह्याकिङ हुने

मंसिर ४, काठमाडौं – नेपालमा पहिलो पटक यही मंसिर २२ र २३ गते अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । काठमाडौंको होटल

कुटाइ खाएका ट्याङ्कर चालकको आन्दोलन फिर्ता

मंसिर ४,काठमाडौं– भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् ।