• ON AIRराष्ट्रिय गितहरु
  • नेपाल खवर (उज्यालो)

जापान सरकारद्वारा नेपाललाई ३५ करोड ६० लाखको अनुदान

मंसिर ४, काठमाडौं– जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

जापानको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी तारो कोनोबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मन्त्रीद्वयको उपस्थितिमा दुवै मुलुकका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्न जापान सरकारले उक्त सहायता उपलब्ध गराएको हो। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको सामाजिक, आर्थिक एवम् भौतिक पूर्वाधार विकासमा जापानले निरन्तर सहयोग गर्दै आएको छ। 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण