• ON AIRतिफदी समाचार
  • राष्ट्रिय गितहरु

जडिबुटीबाट लागुऔषध र रिभल्वरसहित दुई जना पक्राउ

मंसिर ४,काठमाडौं– लागुऔषध र रिभल्वरसहित दुई जना राजधानीबाट पक्राउ परेका छन् । भक्तपुरतर्फबाट मोटरसाइकलमा लागू औषध कारोवार आउँदै छ भन्ने विशेष सूचनाको आधारमा चेक जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–३ घर भएका २७ वर्षीय मनपुरण चौधरी र सोही स्थानका २७ वर्षीय भुवन परियार रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी नायब उपरिक्षक होमिन्द्र वोगटीका अनुसार सूचना पाएपछि महानगरीय प्रहरी वृत्त वानेश्वर, कोटेश्वर र कांडाघारीको प्रहरी टोलीले भक्तपुरबाट आउने नाकाहरुमा चेकप्वाईन्ट राखि चेकजाँच गरेको थियो ।सोही क्रममा मंसिर २ गते करिब साढे ६ बजेको समयमा कामनपा–३२ जडिवुटी ढुङ्गेधारा नजिक ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार व्यक्तीहरुको चेकजाँच गर्दा उनीहरुको साथमा लागुऔषध र रिभल्वर फेला परेको थियो ।

प्रहरीका अनुसार उनीहरुको साथमा ८४० वटा नाईट्रभेट ट्याब्लेट र रिभल्वर थान फेला परेको थियो । दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त वानेश्वरमा वरामद सामानसहित राखिएको छ । हाल काठमाण्डु जिल्ला अदालतबाट लागु औषध र हातहतियार मुद्दामा दिन ५ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र