• ON AIR

सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे छलफल गर्न राजपा नेपालको बैठक बस्दै

मंसिर ४, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । दिउँसो १२ बजे राजापाको पार्टी कार्यालयमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे छलफल हुने राजपाका महासचिव तथा प्रवक्ता केशब झाले जानकारी दिनुभयो । 

सरकारले संविधान संशोधन गर्ने भनेर आफुहरुसँग सहमति गरेपनि त्यसलाई कार्यान्वयन नगरेकाले अब समर्थन फिर्ता लिने तयारी गरिएको उहाँको भनाई छ । राजपाले आफूहरुका माग १० दिनभित्र पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएको थियो । त्यो समयअवधि सकिन २ दिन बाँकी हुँदा राजपाको अध्यक्षमण्डलको बैठक बस्न लागेको हो । 

प्रतिकृया दिनुहोस

नेतृत्वलाई दवाव दिन काँग्रेस युवा नेताहरुको भेला 

मंसिर १,काठमान्डौ– महासमिति बैठक नजिकदै गर्दा नेपाली काँग्रेस भित्र नेतृत्व परिवर्तनको चर्चा शुरु भएको छ । सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट

डेढ महिना भित्र पार्टी एकताको सबै काम टुङ्ग्याउने नेकपाको तयारी

मंसिर १,काठमान्डौ– दुई पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गिन ढिलाई भएको छ । नेताहरुले एकता

सरकारले जनअपेक्षा अनुसारका काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा

कातिक १७,ताप्लेजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताएका छन् । पार्टी