• ON AIR

नेपाल पुस्तक महासंघ रामेछापको अध्यक्षमा घिमिरे

मंसिर ४,रामेछाप– नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखा रामेछापको अध्यक्षमा मिनप्रसाद घिमिरे चयन भएका छन् । पाँचौ जिल्ला अधिबेसनले मिनप्रसादको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्धय सुजन घिमिरे, गणेश माझी, सचिब इन्दिरा बख्रेल, सहसचिव कुमार श्रेष्ठ र कोषाध्यक्षमा राजनप्रसाद पौडेल रहेका छन् ।


त्यसैगरी सदस्यहरुमा विजय घिमिरे, रस्मिला काफ्ले, भगवति बुढाथोकी, भिमबहादुर श्रेष्ठ, कुमार थापा र जानकी कर्माचार्या रहेका छन् । अधिवेसनले जगन्नाथ दाहाल र रमेश ढुंगेललाई केन्द्रिय प्रतिनिधि तथा तारा थापा, शान्ता सापकोटा र रीता ढुंगेललाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघका केन्द्रिय उपाध्यक्ष नवराज ढकालले गरेका थिए ।


कार्यक्रममा महासंघका केन्द्रिय सदस्य वासु भेटवाल, काठमाडांै जिल्ला शाखा अध्यक्ष महेश शर्मा, नेपाल पत्रकार महासंघ का ३ न। प्रदेश सदस्य बद्रि नयाँघरे, शिक्षक महासंघका सचिव रामकृष्ण श्रेष्ठ, प्याप्सन रामेछापका अध्यक्ष दिपक खड्का, मन्थली माविका प्राचार्य टंकप्रसाद दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

आज लिखु तामाकोशी गाउँपालिकामा शोक बिदा

१५ चैत २०८०, बिहीबार रामेछाप– लिखु तामाकोशी गाउँपालिकामा बिहीबार शोक बिदा दिइएको छ । गाउँपालिकाले बिहीबार अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

बागमती प्रदेश युवा परिषद्ले युवालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै

११ चैत २०८०, आइतवार र रामेछाप– बागमती प्रदेश युवा परिषद्ले युवालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न आवेदन खुल्ला गरेको छ ।  बागमती प्रदेश