• ON AIRबाल सन्सार
  • उज्यालो न्यूज

सामाजिक सुरक्षा सबैका लागि उपयोगीः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाबाट जन्मेदेखि बाँचुन्जेलसम्मका लागि नागरिकलाई फाइदा पुग्ने बताउनु भएको छ । राजधानी काठमाण्डौँमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरु गर्दै प्रधानमन्त्री ओलीले २५ वर्षअघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरूलाई उडाउने गरे पनि आज सार्थक भएको दावी गर्नुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ ‘सरकार कहाँ छ भनेर प्रश्न गर्नेलाई गतिलो जवाफ भएको उहाँको भनाइ थियो । बिरामी, आम्दानी भएका र नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।केही दिनअघि मात्र नेपाली काँग्रेसले सरकार कहाँ छ भन्दै पत्रकार सम्मेलनमार्फत प्रश्न गरेको थियो । प्रधानमन्त्री ओलीले जनता निराश हुनुपर्ने कुनै कारण नभएको र सरकार जनताले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता जनाउनुयो । 

प्रधानमन्त्री ओलीले सरकारले सकेको जति काम गरेको भन्दै आफ्नो नीति र कार्यक्रम अनुसार काम गरिरहेको दावी गर्नुभयो । मेलम्ची खानेपानी आयोजना पनि किन पूरा भएन भन्ने आलोचना आफूले सुनेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भएपछि दिनरात गरेर काम भइरहेको दावी गर्नुभयो । सरकार नीति, कार्यक्रम र भिजनमा स्पष्ट रहेको र कार्यान्वयनको दिशामा रहेको उहाँले उल्लेख गर्नुभयो ।  नेपाली काँग्रेसको उदारीकरण नीतिलाई प्रधानमन्त्री ओलीले नक्कलको भरमा ल्याएको संज्ञा दिनुभयो । 

प्रधानमन्त्री ओलीले आफूहरूले ज्येष्ठ नागरीकलाई भत्ता दिँदा ढुकुटी रित्याएको आरोप समेत खेप्नुपरेको बताउनुभयो । सामाजिक सुरक्षाको योजनाले श्रम गर्ने सबैलाई समेट्नेमा जोड दिँदै प्रधानमन्त्रीले आम्दानी अपुग हुँदा थप आम्दानी र आम्दानी नै नहुनेले सहायक आम्दानीको रूपमा यसलाई प्रयोग गर्न पाउने धारणा राख्नुभयो । श्रमजीविको उच्च ज्याला लिने चाहना र श्रमदातादाताको उच्च उत्पादन गर्ने चाहनाले अव पूर्णता पाउने उहाँको टिप्पणी थियो । 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त भएको बताउनुभएको छ । मन्त्री विष्टले अबदेखि श्रमिकमा काममा प्रतिबद्धता आउनुका साथै उत्पादन बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो । नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उहाँले नेपाली श्रम र सीपलाई बढाउदै लैजान योजना सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

 

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने उहाँको भनाइ छ । श्रमीकले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने उहाँले बताउनुभयो । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्ने उहाँले जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र