• ON AIR

नवयूग प्रवेशको शुभकामना हामी सबैलाई

मंसिर १२, सन्जिव कार्की

एउटा संयोग, उता नासाको अन्तरिक्ष यान मंगलबार नै मंगलग्रहमा अवतरण हुन पुग्नु र नासाका वैज्ञानिकहरु ठुलो उपलब्धिमा रम्नु, यता नेपाल रातारात समृद्धिको सपना बोकेर काठमाडौं सहरको बिजुलीको पोल पोलमा देशका ठुला र चर्चित अखबारमा कभरपेज भरी छाउनु पक्कै पनि सपना कनेक्सनको छनक हो । देशले समृद्धिको यात्रा तय गरेको उल्लास । आखिर सपना देख्नेले हो पूरा गर्ने, लक्ष्य लिनेले हो बाटो देखाउने । ओली सपनाको खेतीले बाली भित्र्याउन मङ्सिर महिना नै कुर्नु अर्को सुखद संयोग हो । हामी यतिबेला बाली भित्र्याउन मस्त छौं, ब्यस्त छौं । सरकार सामाजिक सुरक्षा कार्यक्रममार्फत जनताको घर उज्यालो पार्ने बाली पस्कने पुर्व सन्ध्यामा भव्य शृङ्गार पेटार गरेर सूचनाको ढोल पिट्दै छ । नयाँ तरंग पैदा गर्दैछ । जनता उत्सुकतापूर्वक प्रतीक्षा गर्दैछन्– सरकारले कुरा अब व्यबहार मै उतार्न लागेको हो त रु बुद्धिजिवी तर्क गर्दैछन्, विमर्श गर्दैछन्, यसका चुनौती र सम्भाव्य कार्यान्वयन बारेमा ।

सामाजिक सुरक्षा अवधारणाबारे आ–आफ्ना दावी प्रस्तुत गर्दैछन् विभिन्न पार्टीका नेता कार्यकर्ता र समर्थकहरु । कोही काङ्ग्रेसको पालामा बनेको अवधारणा भनेर ठोकुवा गर्छन् त कोही तत्कालीन माओवादी बाबुरामको भनेर जिकिर गर्छन् भने कोही मनमोहनको पालादेखि एमालेले बनाएको अवधारणा अहिले साकार बन्दै गरेको तर्क राख्छन् । सामजिक संजाल आज ओलीको उछितो काढ्न र भक्ति गर्न भरिभराउ छ । सामाजिक संजालको विशेषता के भयो भने यहाँ कुनै पनि विषय उठाउनु पर्छ, अनभिज्ञ कोही हुन्नन् । कसैलाई हार्न मन हुँदैन र यथार्थ बक्ने पनि दुर्लभै हुन्छ्न् ।

 

सब विषय बेत्ता, सबै पोख्त चर्चाको विषयमा अनुसन्धान गरेर बिद्याबारिधी नै सम्झेर तर्क वितर्क पेश गर्छन्, कोही आग्रह राखेर लेख्छ्न्रबोल्छ्न् त कोही अन्धाधुन्ध भक्तिगान गाउँछ्न् । समालोचना कमै आलोचना र समर्थन धेरै हुन्छ । तटस्थ मत र विचार अतिकम पाइन्छ । लेखाइ बोलाइ र गराइमा कुनै न कुनै फ्लेवर देखिनु हाम्रो समाजको राजनीति प्रतिको झुकाव हो । मोह हो । यद्यपि म फ्लेवर छैन भन्छु मेरो लेखाइ बोलाइ टिप्पणी, प्रति–टिप्पणीमा फ्लेवर आएछ आउँछ भने, कसैले देख्छ भने म खण्डन गर्दिनँ । जसले जस्तो देख्छ उस्तै भन्छ । म यो समाजकै उपज हुँ, कसैलाई मन पराउन, समर्थन गर्न र रोज्न अनि कसैलाई मन नपराउन आलोचना गर्न स्वतन्त्र छु मलाई कुनै पार्टीको दाम्लो स्वीकार छैन । कसैको दासता मन्जुर छैन । सकेको समालोचना मेरो अभिस्ट हो । सामाजिक सुरक्षा अवधारणाका प्रवर्तक को हुन्, कुन पार्टीले त्यो बोकेको थियो, त्यो महत्त्वपूर्ण सवाल रहेन । कसले कार्यान्वयन गर्ने अठोट लियो र चुनौती स्वीकार गर्‍यो, त्यो सवाल म महत्त्वपूर्ण ठान्छु । सामाजिक सुरक्षा कोष प्रणालीको छोटो बिकासक्रम र निरंतरता यहाँ असान्दर्भिक हुनेछैन ।

 

सामाजिक सुरक्षा कोष प्रणालीको विकासक्रम 

१. डा बाबुराम अर्थमन्त्री रहेको प्रचण्डको सरकारको पालामा सामाजिक सुरक्षा कोष कर सुरू भयो,

२. शेरबहादुर देउवा प्रम भएको माओवादीसहितको सरकारको पालामा संसदबाट सामाजिक सुरक्षा ऐन बन्यो,

३. ओली प्रम भएको वर्तमान नेकपाको सरकारको पालामा सामाजिक सुरक्षा ऐनको कार्यान्वयन योजना अहिले लागू भएको छ । 

योगदान गर्ने सबै सरकारलाई बधाई र धन्यवाद । अब दीगो कार्यान्वयनको लागि शुभकामना ।

एउटा दीयो बल्दैछ आसाको ।

एउटा सुर्य उदाउँदैछ भरोसाको ।।

एउटा यूगको अन्त्य हुँदैछ अन्धकारको ।।।

एउटा यूग शुरु हुँदैछ उत्साहको ।।।।

एउटा उत्सव मनाउँदैछ देशले 

सामाजिक सुरक्षाको ।।।।।

यी आकर्षक नारा र हरफहरुको विरोध र आलोचना आवश्यक छैन बरु प्रसंशा जरुरत छ । उत्साह र जागरणको टेको आवश्यक छ । 

लोक कल्याणकारी राज्यको एक असल कार्यक्रमको खुलेर प्रसंशा जनताले गरेका छन् । जनताको मनमा बस्ने कार्यक्रम कसलाई मन पर्दैन र यसको तारिफ कसले गर्दैन र रु एउटा बिर्सन नहुने कुरा र पक्ष के हो भने पेन्सन, नागरिक कोष आदि गैर सरकारी क्षेत्रको हकमा पनि धेरै पहिलेदेखि चलनमा छ। अहिले कुनै नयाँ असंगठित क्षेत्रका कामदारमा लागु भयो कि भएन रु  के अब खोलामा गिटी कुट्ने, डोकोमा तरकारी बेच्ने, खाजा पसलमा भाँडा माझ्ने, सडकमा फोहोर बटुल्नेको पनि पेन्सन हुने हो रु अनौपचारिक क्षेत्रका असंगठित मजदुर र श्रमजीवीहरुको  बारेमा राज्यको कुनै निति बन्छ कि यहि सामाजिक सुरक्षा योजनाले सम्बोधन गर्छ रु यसको जवाफ सरकार पक्षबाट अपेक्षित छ । 

समृद्धि पैसा तिरेर होइन, पैसा कमाएर रोजगार पाएर हेर्ने हो । विदेश जाने युवा युवतीको लर्को न्यून पारेर ल्याउने हो । प्रचारको भद्दा, खर्चिलो अनि उत्ताउलो र भड्किलो जुन शैली सरकारले अपनायो त्यो निसन्देह आलोचनायोग्य मात्रै होइन, तिव्र आलोचनाको मसला बन्यो । चोक चोकमा शालिक खडा गरेर राजाहरुले स्वस्ती गाउने संस्कारको नयाँ रूपमा यसलाई बुझ्दा, परिभाषित गर्दा अन्याय हुने छैन । प्रचारको लोभ र भोकले ओली सरकारले जुन रबैया अनुशरण गर्‍यो, त्यो निर्धन नेपालीले खेद प्रकट गर्ने कुरा हो । काम भन्दा प्रोपोगान्डा गरेर ओलीका चाटुकारले प्रचारको यो शैलीमा सुधार नगरे फजुल खर्चको बिरोधमा जनता चुप बस्दैनन् । जे गरे पनि सहने जनताको धैर्यता पशुपतिनाथले पनि सधै सहँदैनन् ।

देशको ढुकुटीमा हात लगाउदा कम्तिमा यति ख्याल राखियो भने खर्च गर्न मितब्ययिता अपनाउन सकिन्छ । मैले अनावश्यक खर्च गर्ने पैसा र  सेवा सुविधामा गरिबको पसिना मिसिएको छ। निमुखाको रगत मिसिएको छ। घरको चुल्हो बाल्न खाडी पसेका ५० लाख निम्छराहरुको विप्रेषणको प्रतिविम्ब देखिन्छ । सिटामोल नपाएर अनमोल जीवन गुमाउनेको आँशु देखिन्छ । भूकम्पले थातथलो उखेलेकाहरूको लामो सुस्केर भेटिन्छ । 

सरकारको शैली देख्दा दॉतमा ढुंगा लागेर गॉसै किरकिर भएको रूपमा धेरैले सामाजिक संजाल भरेका छन् । गुनासो र व्यंग्य गरेका छन् ।

‘म नै राज्य हुँ’ भन्ने लुइ शैलीको अनुकरण गरेर प्रधानमन्त्री प्रस्तुत भएका छन् जसले उनको प्रचारको भोक त मेटिएला तर जनताको खुन पसिना र गाँस काटेर तिरेको करको दुरुपयोग भयो, हुनेछ । काम गर्नेभन्दा बढी प्राचार्य गर्ने शैली बदल्नु प्रधानमन्त्री र उनको मन्त्रीहरुको अबको प्रमुख दायित्व हो । नबोलेर, नभनेर काममार्फत नै लोकप्रिय बन्न सकिन्छ । ताम झाम र अनावश्यक विज्ञापन सरकारको ढुकुटी रित्याउने र केही सिमित पत्रिकामार्फत प्राचार गराइराख्ने कुटिल चालबाजीमात्र हो । पत्रिकामार्फत विज्ञापन र बिजुलीको पोलमा ओली बाको फोटो टास्ने झन्डै ७र८ करोड रुपैयाँ खर्चले गरिबको घरमा न्यानो पुर्‍याउन सकिन्थ्यो । पोस्टरले होइन कामले नयाँ यूगको आरम्भ हुन्थ्यो ।

टोल टोलमा सिंहदरबार पुग्न मुस्किल भएको बेला पोल पोलमा नयाँ यूग लेखेर ओली सरको तस्बिर राखेर समृद्धि छिटो आउँछ र रु सिंहदरबारमा फोटो टास्नमात्रै म प्रधानमन्त्री भएको होइन भन्ने, प्रचण्डको भित्तामा टाँसेको फोटो देखाएर भित्ते राष्ट्रपतिको उपमा दिएर गिज्याउने ओलीलार्इ जनताको करको पैसामा आफ्नो फोटो बेच्न कुन मोहले काम गर्‍यो रु जनताको पक्षमा लोक कल्याणकारी कार्य गरे बिजुलीको पोल पोलमा होइन, जनताको मन मुटुमा बस्न सकिन्छ भन्ने ज्ञान नभएर ओली सरले यो प्रचारको निचता प्रकट गर्नुभएको पक्कै नहोला । कुन चाकरीदारको मोह जालमा प्रधानमन्त्री फस्नु भएको हो, त्यसको खोजबिन सम्बधित दल र नेता कार्यकर्ताले हेक्का राख्लान् नै । पानी परेको जस लिनेले खडेरि परेको अपजस लिन्न भन्न मिल्दैन, सुहाउँदैन । प्रधानमन्त्रीलाई बदनाम गराएर असफल पार्ने आन्तरिक र बाह्य षडयन्त्र नहोला भन्न पनि सकिँदन । किनकि शक्ति र स्वार्थको लागि राजनीतिमा नाजायज केही हुँदैन र देखिएको पनि छैन । राजा हुने र बन्ने देखिने मनसुवा प्रधानमन्त्रीले नपालेकै बेस । जनता शासक राजनीतिज्ञ होइन सेवक प्रधानमन्त्री रोज्छन्, मन पराउँछन् ।

मलाई पत्रिकामा र बिजुलीको पोलमा सरकारको विज्ञापन देखेरमात्रै चिन्ता लागेको छैन, यो तामझाम सहितको योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रमलाई सरकारले कतिको कुशलतापुर्वक कार्यान्वयन गर्न सक्छ भन्ने चिन्ता र चासो पनि उत्तिकै छ । चुनौती चिर्दै जसरी पनि कार्यान्वयनमा जानुपर्छ भन्ने सरोकार पनि छ । किनकि यो माटोको सुगन्ध मलाई प्रिय लाग्छ । तसर्थ राम्रो काम जसले जहिले शुरु गरे पनि समर्थन गर्नुपर्छ भन्ने तत्व बोध छ ।

यदि सामाजिक सुरक्षा कार्यक्रम सफलतापूर्वक लागु हुन सकेमा समाजवादतर्फको हाम्रो पाइला अघि बढेको भनेर बुझ्दा अनर्थ हुँदैन । लोककल्याणकारी व्यवस्था स्थापनाको असल थालनी हुनेछ ।

त्यसैले सामाजिक सुरक्षा कार्यक्रमको बारेमा विस्तृत अध्ययन गरि सफलतापूर्वक लागु गर्न सरकारलाई तिव्र सकारात्मक दवाव सिर्जना गर्न तर्फ विशेष ध्यान दिन सबै पार्टीका नेता कार्यकर्ताको कर्तव्य हुनेछ । देशप्रतिको जिम्मेवारी र देशको अग्रगामी यात्राको कोशे ढुङ्गा बन्नेछ । समृद्धि प्रचारले होइन कामले, सार्थक प्रयत्नले आउनेछ । धेरै वर्ष नयाँ नेपालको राग आलापेर पुरानो नेपालमै भ्रष्टाचार, अनाचार, दुराचार, छाडातन्त्र, भाडभैलो र खुट्टा तानतानमा रमायौं, अब नयाँ यूगसँगै सारा बेथिति, बिसङ्गती र ब्यवधानको अन्त्यको सपना केवल उडन्ते सपना र जोकको विषय नबनोस् । प्रधानमन्त्री केपी ओलीसहित नवयूग प्रवेशको शुभकामना हामी सबैलाई ।

प्रतिकृया दिनुहोस

लैङ्गिक हिंसाको अन्त्य गर्न जनचेतना फैलाउन आवश्यक छ : डिएसपी सिंह

बुधबार, मंसिर १२, २०७५ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गएको आईतबारबाट सुरु भएको छ । अन्तराष्ट्रिय रुपमा वर्षैपिच्छे मनाईने यो अभियान

समाजवादी शिक्षा पद्धतिको अर्थ 

 – राजेन्द्र किराँती         आदर्श राज्यका परिकल्पनाकार प्लेटोले शरीर र मस्तिष्कलाई सकेसम्म सुन्दर र पूर्ण बनाउने प्रक्रिया नै शिक्षा हो

सामुदायिक विद्यालय सुधार्न शिक्षक सुध्रनु पर्दछ 

सुन्दर पन्त/        देशको कुनै पनि सामुदायिक विद्यालयमा अब सुधारको कुनै संकेत नै छैन ? खत्तम भो ! त्यहाँ पढाइ नै हुँदैन ? त्यहाँका शिक्षक कम राजनीति