• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछाप प्रहरीद्धारा घरेलु मदिरा नष्ट 

मंसिर १२,रामेछाप– घरेलु मदिराको प्रयोग र विक्रि–वितरणका कारण सामाजमा विकृति बढदै जान थालेपछि रामेछाप प्रहरीले मदिरा नष्ट गर्ने अभियानको सुरुवात गरेको छ । समुदायमा शान्ति शुरक्षा र अमन चयन कायम गर्न, मदिराका कारण उत्पन्न हुने सामािजक विकृति रोक्नको लागि घरेलु मदिरा नष्ट गर्ने अभियान अगाडि बढाईएको हो । घरेलु मदिरा उत्पादन हुने स्थान र मदिरा बेचबिखन हुने पसल तथा ओसार–पसार हुने नाकाहरुमा प्रहरीले निगरानी बढाएको छ ।


यसैविच जिल्ला प्रहरी कार्यालय रामेछापले चेकजाँचका क्रममा बेवारिसे अवस्थामा भेटिएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । सिन्धुली छिर्ने पुर्वको नाका सेलेघाटमा सवारी चेकजाँच गर्ने क्रममा बेबारिसे अवस्थामा फेला परेको १२० लिटर मदिरा सरोकारवालाहरुको रोहवरमा मंगलबार दिउँसो नष्ट गरिएको हो । 


त्यस्तै विभिन्न समयमा सवारी चेकजाँच गर्ने क्रममा अवैध रुपमा भेटिएको ८० प्याकेट साना पटका विष्फोटक पदार्थ पनि प्रहरीले हिजै नष्ट गरेको छ । घरेलु मदिरा सेवनले समाजमा पार्ने असरको बारेमा समुदायसँग मिलेर प्रहरीले कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको रामेछापका प्रहरी प्रमुख अमरेन्द्र बहादुर सिंहले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर