• ON AIRजनजाति गितहरु
  • उज्यालो न्यूज

श्रीमतीको हत्या गरि फरार दोलखाका पुरुष रामेछापमा पक्राउ

मंसिर १२,मन्थली– आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दोलखाका एक पुरुष रामेछापमा पक्राउ परेका छन् । दोलखाको जिरी नगरपालिका–९ ठुलोपातलका ३५ वर्षिय तस्विर तमाङ श्रीमतीको हत्या गरी फरार भएको दुई दिनपछि आज रामेछापमा पक्राउ परेका हुन् । जिल्लाका विभिन्न नाकाहरुमा चेकजाँच गर्ने क्रममा सदरमुकाम मन्थलीस्थित भैशेस्वर चेकप्वाईन्टबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


सालोको विवाहका लागी ससुराली गएका तामाङले घरायसी विवादका कारण ३३ वर्षिय श्रीमती राममाया तामाङलाई मुस्ली प्रहार गरी ससुरालीमै हत्या गरेका थिए । हत्या लगत्तै फरार भएका तामाङ आँफैले मंगलबार दोलखा प्रहरीलाई चार पटक फोन गरेर आँफुलाई पक्राउ नगर्न चेतावनी समेत दिएका थिए । हिजो प्रहरीसँग फोन सम्पर्कमा आएका तमाङलाई आज लुकीछिपी बसमा चढेर भाग्ने क्रममा मन्थलीबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीका लागी दोलखा प्रहरीमा बुझाईएको छ ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर