• ON AIR

प्रदीप र जसिताको ‘लभ स्टेशन’ चैत १ मा

पुस ४, काठमाडौं – प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ असफल भएपछि यतिबेला अभिनेता प्रदीप खड्का चलचित्र ‘लभ स्टेशन’को काममा व्यस्त छन् । यो चलचित्रमा प्रदीप खड्कासँगै गुडिया उपनाम पाउने गरेकी अभिनेत्री जसिता गुरुङको अभिनय रहेको छ । चलचित्रमा प्रदीप खड्काको पनि लगानी रहेको बताइएको छ । चलचित्र ‘रोज’ असफल भएपछि निरास बनेका प्रदीपलाई चलचित्र‘लभ स्टेशन’ सफल भए निकै राहत मिल्ने छ । यसैबीच चलचित्र‘लभ स्टेशन’को प्रदर्शन मिति घोषणा गरिएको छ । चैत ६ र ७ गते पर्ने फागु पूर्णिमाको सार्वजनिक बिदालाई मध्यनजर गर्दै चलचित्र चैत १ गतेबाट नेपालभर प्रदर्शनमा आउने तय भएको निर्माता गोविन्द शाहीले बताए । 

 

यसअघि चलचित्र ‘लिलिबिली’ मा पनि प्रदीप र जसिताको जोडी नै प्रस्तुत भएको थियो । त्यस चलचित्रमा यो जोडीलाई दर्शकले सकारात्मक टिप्पणी गरेका थिए । चलचित्र ‘लिलिबिली’ यतिबेला युट्यूबमा रिलिज भइसकेको छ । युट्यूबमा पनि यो जोडी अभिनित चलचित्रलाई दर्शकले मन पराएका छन् । युट्यूबमा रिलिज भएको ५ दिनमै चलचित्रले झण्डै ३५ लाख भ्यूज पाएको छ । निकै रुचाइएको जोडी प्रदीप र जसिताको चलचित्र ‘लभ स्टेशन’दोस्रो सहकार्य हो । दार्जीलिङ, कालिम्पोङ, खार्साङ, मिरिक, इमाल र काठमाडौंमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रको निर्देशन निर्देशक उज्जवल घिमिरेले गरेका हुन् ।

 

चलचित्रमा आलोक शुक्लाको छायांकन, शम्भूजितबाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । सांगीतिक प्रेमकथामा आधारित चलचित्र‘लभ स्टेशन’मा अभिनेता प्रदीप खड्का गायकको भूमिकामा प्रस्तुत भएका छन् । प्रदीप र जसिताको अलावा चलचित्रमा रमेश बुढाथोकी, प्रकाशशाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोललगायतको अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार  रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म