• ON AIRआध्यमत्मिक ज्योती
  • नेपाली खवर (NRN)

मण्डलामा समलिंगी ‘साथीको कथा’


पुस ४, काठमाडौं – महिला समलिंगीको विषय उठान गरेको नाटक ‘साथीको कथा’ काठमाडौंमा मञ्चन हुने भएको छ । प्रख्यात भारतीय नाटककार विजय तेन्दुलकरको मराठी नाटक ‘मित्राची गोष्ट’को नेपाली अनुवाद ‘साथीको कथा’ शुक्रबारदेखि काठमाडौंको मण्डला थिएटरमा मञ्चन हुन लागेको हो । नाटकमा रेनुका कार्कीको निर्देशन रहेको छ । भारतमा निकै विवादास्पद भएको यो नाटक पहिलोपटक सन् १९८१ मा मञ्चन भएको थियो । यो नाटकलाई समलिंगी सम्बन्धका बारेमा मञ्चन गरिएको पहिलो भारतीय नाटकका रुपमा समेत लिइन्छ ।

 

सञ्चारकर्मी सागर चन्दले अनुवाद गरेको यो नाटक पहिलो पटक नेपालमा मञ्चन हुन लागेको हो । शुक्रबारदेखि मञ्चन सुरु हुने नाटक पुष २२ गतेसम्म मञ्चन हुने नाटकका नेपाली अनुवादक चन्दले जानकारी दिनुभयो । नाटकले त्रिकोणात्मक प्रेम कथामार्फत समलिंगी सम्बन्ध र यसका आयामलाई देखाउने प्रयास गरेको निर्देशक रेनुका कार्कीले बताउनुभयो ।

 

‘नेपाली समाजले अझै पनि समलिंगी सम्बन्धलाई स्वीकारेको छैन’, निर्देशक कार्कीले भनिन्, ‘लैगिंक पहिचान प्राकृतिक कुरा हो भन्ने बुझाउन यो नाटक सहयोगी बन्ने छ ।’ नाटकमा आयुस प्याकुरेल, सुस्मा निरौला, अनिल सुब्बा, शारदा अधिकारी र सूर्यमान लिम्बूको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार  रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म