• ON AIR

दाङ दुर्घटना : मृतक सवैको सनाखत

पुस ७, २०७५,दाङ – शनिबार राम्रीमा भएको दुर्घटनाबाट २३ जनाको गएको छ । शिक्षक तथा विद्यार्थीहरु शैक्षिक अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको हो । बस दुर्घटनामा ठूलो संख्यामा विद्यार्थीहरुको ज्यान गएपछि मृतकका आफन्त र दाङवासी शोकमा डुबेका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुर उप–महानगरपालिका –३, राम्री भएको बस दुर्घटना पछि  ज्यान गुमाएकाहरुको शव अस्पतालमा ल्याउँदा मृतकका आफन्त र स्थानीयवासी स्तब्ध भएका थिए ।

 

आफ्नो सन्तानलाई पढाएर असल नागरिक बनाउने अभिभावकको चाहना अपूरो भएको छ । पढ्न गएका छोराछोरीको एकैपटक शव भेट्ने अवस्था आएपछि अभिभावकहरु भावविह्वल भएका छन् । अभिभावकहरुले आफ्ना छोराछोरीको शव बुझेका छन् । शुक्रबारदेखि अञ्चल अस्पताल तुलसीपुरमा भीड लागेको छ । अस्पतालमा आफ्ना छोरा–छोरीको शव  देख्दा अभिभाकहरु सबै बिक्षितप्त भएका छन् भने त्यहाँ सन्नाटा छाएको छ ।  आफन्तहरुले अलाप विलाप गरिरहेका छन् । सबैका आँखा रसाइको छ भने मन भक्कानिएको छ देखिन्छ । घोराहीमा भरखरै सञ्चालनमा आएको कृष्णसेन इच्छुक मोलिटेकिनकल इन्ष्टिच्युटमा बन विज्ञान (फरेस्टी)  अध्ययनरत शैक्षिक अवलोकनमा गएका धेरै विद्यार्थीहरुको ज्यान गएको छ ।

 

 

मङ्सिर महिनादेखि पढाई सुरु भएको इन्स्टिच्यूटको वन विज्ञान संकायमा ३७ जना विद्यार्थी अध्ययनरत थिए । तीमध्ये ३१ जना विद्यार्थीहरुसहित दुईजना शिक्षक बोटनी सम्बन्धी प्रयोगात्मक कार्यका लागि सल्यानको छायाँ क्षेत्र पुगेर फर्कदै गर्दा दुर्घटनामा परेका हुन । इन्ष्टिच्युटका प्रध्यानाध्यापक यादव सुवेदीकाअनुसार ३१ जना विद्यार्थीहरुमध्ये एकजना सल्यानमै घर भएकाले शैक्षिक अवलोकन तथा अध्ययन गरेर सल्यानमै बसेका थिए । बाँकी ३० जना दाङ फर्किएका थिए । बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा  दुर्घटनास्थलबाट चार महिला र १९ पुरुष गरी अहिलेसम्म २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गाडी तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शवको सनाखत गर्ने कार्य जारी रहेको छ ।  दुर्घटनामा पाँच महिला १० पुरुष गरी जम्मा १५ जना घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार भैरहेको छ । केहीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । एकजनाको भने उपचारकै क्रममा नेपालगञ्ज ज्यान गएको छ ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार जुम्ला चन्दननाथ नगरपालिका–६, बस्ने १६ वर्षकी कुसुम रावल, दाङ बबई  गाउँपालिका–५, बस्ने २१ वर्षकी  कबिता खत्री, जाजरकोट भेरीगंगा नगरपालिका–४, बस्ने १७ वर्षका आतिस नेपाली,  कञ्चनपुर कृष्णपुर नगरपालिका–५, बस्ने १७ वर्षका खेमराज भट्ट, जुम्ला चन्दननाथ नगरपालिका–३, बस्ने १७ वर्षका हिक्मत बोहरा, दाङ घोराही उपमहानगरपालिका–१७, बस्ने २८ वर्षका प्रदीप घिमिरेको दुर्घटनामा ज्यान गएको छ ।

 

त्यस्तै दाङ दंगिशरण गाउँपालिका–१, बस्ने २० वर्षका संजित रतगैया, जुम्ला  कन्कासुन्दरी गाउँपालिका–५, घर भएका २० वर्षका बिरेन्द्र कडारा, रुकुम भुमे गाउँपालिका–६, बस्ने २८ वर्षका नरेस वली, दाङ घोराही १४ बस्ने १९ वर्षका बिजय घर्ती, जुम्ला हिमा गाउँपालिका–५, बस्ने १७ वर्षकी शैलजा शाही, दाङ घोराही ३ बस्ने २६ वर्षका मदन खत्रीको पनि दुर्घटनामा ज्यान गएको छ । सनाखत भएका मध्य सातजनाको शव आफन्तहरुले बुझेका छन् ।

 

घाइते र मृतकको नामावली

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा जुम्ला जिल्ला तातोपानी गाउँपालिकाकी १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दनाथ गाउँपालिका ३ का १६ वर्षका कुशेन्द्र खत्री, दाङ जिल्ला घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछाम जिल्ला मंगलसेन नगरपालिकाका १८ वर्षका बिक्रम भण्डारी, रुकुम जिल्ला त्रिबेणी गाउँपालिका–३, का १६ वर्षका प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९, स्युजाकी १७ वर्षीया मेनुका रिजाल घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

यस्तै जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका–२, का १७ वर्षका जीवन भण्डारी, जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका ४ कि १६ वर्षीया पर्शा रोकाया, अछाम जिल्ला मंलगसैन नगरपालिकाका १९ वर्षका युवराज ढुंगाना, रुकुम जिल्ला सानोभेरी गाउँपालिका–३, कि १६ वर्षीया रोजिना पुन घाइते रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला दाङ घोराही उपमहानगरपालिका १४ बस्ने १८ वर्षका संजय खनाल, जिल्ला रुकुम अर्मा बस्ने १९ वर्षका राजन डाँगी,  जिल्ला अछाम मंगलसैन नगरपालिका ५ बस्ने भद्र बिष्ट, जिल्ला रोल्पा घर भएका १७ वर्षका प्रकाश वलीलगायतको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा