• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

मन्थलीमा निशिुल्क डायलासिस सेवा सुरु

पौष ११,मन्थली– रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पतालले मिर्गौलाको निशुल्क डायलासिस सेवा सुरु गरेको छ । बुधबारदेखि ५ वटा मेसिनमार्फत डायलासिस सेवा सञ्चालन गरिएको अस्पताल सञ्चालन समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिए । अस्पताललाई चुजी फाउण्डेसन मलेसियाले उपचारका लागि आवश्यक उपकरणहरु अनुदानमा उपलब्ध गराएको हो । केन्द्रीय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा अस्पतालले मन्थली मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा आरम्भ गरेको हो ।


रामेछाप जिल्लामा मात्रै एकसय ५० भन्दा बढी मिर्गौला रोगी भएको अवस्थामा डायलासिस सेवाले सहज हुने अध्यक्ष घिमिरेले बताए ।रामेछापबाहेक पूर्वमा विराटनरमा मात्र डायलासिस सेवा भएकोले सोलुखुम्बु, ओखलढुंगा, दोलखा, सिन्धुली, महोत्तरीलगायतका जिल्लाका विरामीलाई पनि उपचारको लागि मन्थली पायक पर्ने घिमिरेको भनाई छ ।  सो उपचार केन्द्रमा एक पटकमा ५ जना विरामीको डायलासिस हुन्छ । एकजना विरामीको उपचारमा ४ घण्टा लाग्ने भएकोले एक दिनमा १५ जना विरामीको उपचार हुने उनले बताए । यो सेवा विरामीहरुले निशुल्क पाउने छन् । तामाकोसी सहकारी अस्तापलले आँखा तथा दाँतको सेवा लगायत अन्य अत्याधुनिक उपचार सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

शिक्षाको बिकास बिना समृद्ध नेपाल असम्भब : मन्त्री पोखरेल

रमेश ढुंंगेल/ माघ २,रामेछाप– शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भव नहुने बताएका छन् । उनले

भुकम्पको साढे ३ वर्ष : पुननिर्माण भएन विद्यालय

माघ २,रामेछाप– भुकम्प गएको साढे ३ वर्षसम्म पनि विद्यालय भवनको पुननिर्माण नहुँदा रामेछापको सल्लेस्थित केवलेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरु

रामेछाप नगरको ८ नम्वर वडा स्वास्थ्य तथा सरसफाईमा केन्द्रित  

पुष ३०,मन्थली– रामेछापको रामेछाप नगरपालिकाको ८ नम्बर वडा कार्यलयले वडा भित्र रहेका विभिन्न विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन