• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

नेकपाको स्थायी कमिटीको बैठक आजपनि बस्दै

पौष १३,काठमान्डौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार पनि बस्दैछ । विहिबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पष्ट जवाफ नआएको भन्दै नेताहरुले विरोध गरेपछि आज बस्ने गरी बैठक स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा उठेका विषयलाई सही तरिकाले सम्बोधन नगरेको भन्दै स्थायी कमिटीका सदस्यले उहाँको राजनीतिक प्रतिवेदन पारित गर्ने प्रस्ताव अस्वीकार गरेका हुन् ।


पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजो बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न आग्रह गर्नुभएको थियो । तर, स्थायी कमिटी सदस्यले बैठकमा उठेका विषयलाई अध्यक्ष ओलीले सही तरिकाले सम्बोधन नगरेको भन्दै विरोध गरेका थिए ।दुई घण्टा बढी समय बोल्नुभएका अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न गरेको आग्रह प्रति नेता वामदेव गौतम, भीम रावल, घनश्याम भुसालले विरोध गर्नुभएको हो । २९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा सहभागीहरूले सरकार र पार्टी नेतृत्वको चर्काे आलोचना गर्दै कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए । 


एसिया प्यासिफिक सम्मेलनमा सहभागिता, नेतालाई दोहोरो जिम्मेवारी, नेतृत्वको कार्यशैली लगायतका विषयमा स्थायी कमिटी सदस्यले गम्भीर असहमति जनाएपनि त्यसलाई अध्यक्ष ओलीले सम्बोधन नगरेको उनीहरूको आरोप छ ।
 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन