• ON AIRसाझा खवर (CIN)
  • तिफदी समाचार

झापाको मेचीनगरमा आगलागी,२२ घर जले

पौष १३,झापा– झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति ८ बजेबाट सुरु भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । 


आगलागीबाट छेउछाउका अन्य केही घरमासमेत सामान्य क्षति पुगेको छ । मेचीनगर, भद्रपुर र विर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । स्थानीय छविलाल आङ्दम्बेको घरमा मैनबत्तीबाट सल्किएको आगो अनिन्यत्रित भएर फैलिँदा २२ घर जल्न पुगेको प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो । 


आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको र मेचीनगरमा एउटा मात्र दमकल भएकाले नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको र आगलागी पीडितलाई राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको टोली शुक्रबार बिहानै घटनास्थल पुगको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा