• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध 

पौष १३,विविसी– पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेपछि जर्दारीलाई हिजो पाकिस्तानी सरकारले सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो । मुद्रा अपचलन सम्बन्धी एउटा मुद्दामा जर्दारी, उहाँको बहिनी फर्याल तालपुर सहित १ सय ७२ जनामाथि अनुसन्धान भइरहेको छ ।


जर्दारीलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप लागेको छ । अनुसन्धानको सूचीमा रहेका १ सय ७२ जनालाई नै देश बाहिर जान नपाउने गरी प्रतिवन्ध लगाइएको सूचना मन्त्री फवाड चौधरीले जारी गर्नुभएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । 
 

प्रतिकृया दिनुहोस

दिल्लीमा अत्यधिक चिसो : दुई सातामा ९४ जनाको मृत्यु 

माघ २,नयाँदिल्ली – भारतको राजधानी दिल्लीमा चिसोका कारण पछिल्लो दुई सातामा ९४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरबार नभएका व्यक्तिहरु रहेका

वर्षौँसम्म सरकारी कामकाज ठप्प पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी !

पौष २१,विविसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि

भारतका विदेश राज्यमन्त्री अकबरले दिए राजीनामा

असोज ३१, काठमाडौं – कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप झेलिरहेका भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा दिएका छन् । विदेश