• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

कोदालोले खनेर गाउँपालिका अध्यक्षले नै भत्काइदिए निर्माणाधीन भवन

पुस १९, खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लिलानाथ निरौला आफैले भत्काउनुभएको छ । तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुब कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भवन भत्काउनुभएको हो ।

 

भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफू खुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताउनुभयो । प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टरलगायतको भाग भत्काइ दिनुभएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भवन भत्काएर पुनः निर्माण गर्न आग्रह गर्नुभएको छ । भवनको भुइँतलामा ढुङ्गा बिच्छ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताउनुभयो ।

 

भुइँमा बिच्छ्याइएको ढुङ्गामाथि चार इन्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इन्च मात्र गरिएको र ढलानको सामग्री समेत गुणस्तरहीन भएको पाइएको प्राविधिकले जनाएको छ । निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रो पटक थपिएको अवधि समेत गएको मङ्सिर १५ गते सकिएको छ । ठेकेदार कम्पनीले ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको चार कोठा भएको एक तले भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन ।

प्रतिकृया दिनुहोस

सञ्‍जेल र झापछि चर्चामा पाण्डे, घुस नखाने कर्मचारीलाई मन्त्रीले नसहेको आरोप

माघ ८, काठमाडौं-  ९ पुस २०७५ मा उपसचिव प्रेम सञ्जेलले प्रदेश १ मोरङको विराटनगरमा पत्रकार सम्मेलन गरे। अनि गुनासो पोखे “घुस खान नमानेपछि सरूवामा

डा.गोविन्द केसीको अनसन सातौं दिनमा

माघ २,ईलाम– १६ औं अनसनमा बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । सरकारले आफूसँग गरेको सहमति अनुसार हुबहु चिकित्सा शिक्षा

भूकम्पले क्षतिभएका ५० प्रतिशत नीजि आवासको पुर्ननिर्माण सकियो 

माघ २,काठमान्डौ– भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा सरकारले अहिलेसम्म ५० प्रतिशत पुर्ननिर्माणको काम सकिएको जनाएको छ । भूकम्पबाट पूर्ण क्षति भएका साढे