• ON AIR

सर्वोच्चमा जिम्मेवारीबिहीन दीपकराज जोशी

पौष २०,काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीस दीपकराज जोशी जिम्मेवारी र कार्यकक्षबिहीन बनेका छन् । प्रधानन्यायाधीसमा चोलेन्द्र शमसेर जबरा नियुक्त भएपनि जोशीमाथि कडा रबैया अपनाएका छन् । सर्वोच्चका वरिष्ठ न्यायाधीसको रुपमा रहेका जोशी न्याय सेवाबाट अवकास पाउने बेलामा सर्वोच्चमा जिम्मेवारी र कार्यकक्ष बिहीन बनेका हुन् । आफू प्रधानन्यायाधीस भएपछि चोलेन्द्र शमसेर जबराले आफ्नो सपथ ग्रहण र स्वागतमा जोशीलाई सहभागी नगराउन आदेश दिएका थिए । सोही अनुसार जोशीले राणालाई कार्यकक्षमा गएर छुट्टै बधाई दिएका थिए ।

 

राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशमाथि आउने गुनासा र टिकाटिप्पणी तत्काल सम्बोधन गर्ने संयन्त्र समेत बनाएको छ । बैठकले संवैधानिक इजलासको पुनर्गठन समेत गरेको छ । इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशहरु दिपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की छन् । न्यायपरिषद बैठकमा बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सहभागी गराइएन । जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए । त्यसपछि न्यायाधीस बनेका ओमप्रकाश मिश्रको कार्यकालमा वरिष्ठ न्यायाधीसको रुपमा नै रहेका जोशी राणाको कार्यकालमा आएर जिम्मेवारीबाट बिमुख पारिएका छन् ।

संवैधानिक इजलासमा समेत नपारिएका बरिष्ठतम न्यायाधीश जोशीलाई मेलमिलाप परिषदको अध्यक्षबाट समेत हटाइएको छ । उनको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई अध्यक्ष तोक्न न्याय परिषदले प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । दोस्रो वरियतामा रहने न्यायाधीशलाई दिने गरिएको एक नम्बर इजलास राणाले दीपककुमार कार्कीलाई दिएका छन् । सर्वोच्चको न्यायाधीशहरुको वरियतामा जोशीपछि कार्की रहेका छन् । जोशीको कार्यकक्षमा दीपक कार्कीलाई सारिएको छ ।

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र