• ON AIRबाल सन्सार
  • उज्यालो न्यूज

लोक सेवा आयोगको काम प्रभावित हुन सक्ने

पुष २०,काठमाडौँ– सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोक सेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।’


आयोगको वार्षिक पात्रोअनुसार पुस महिनामा नायव सुब्बा पदको पदपूर्तिका लागि महिनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने तयारी भइसकेको उहाँले जानकारी दिनुभयो । समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मंसिरमा मात्र लिइएको थियो ।  


आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका