• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

ए डिभिजन लिग फुटवलमा अन्तिम चरणका खेल शनिवारबाट

पुष २०,काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणका खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी शनिबारबाट लिगको अन्तिम तथा १३ औं चरणका खेल शुरु हुने जनाएको छ । लिगको उपाधि सिग्नेचर मनाङ मर्स्याङदी क्लबले जितिसकेको छ । त्यस्तै उपविजेतामा सीएमजी सङ्कटा क्लबको टुङ्गो लागिसकेको छ ।


सार्वजनिक तालिका अनुसार शनिबार हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लब तथा सरस्वती युवा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । त्यस्तै, आईतबार ब्रिगेड ब्वाईज र न्यूरोड टीम एनआरटी, एनआइबीएल फ्रेण्ड्स र मनाङ भिड्दा सोमबार मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी तथा सङ्कटा र सशस्त्रबीच खेल हुनेछ ।


लिगको अन्तिम दिन मंगलबार हिमालयन शेर्पा र रुस्लान थ्री स्टारबीच खेल हुनेछ । अंक तालिकामा थ्री स्टार २३ अंकमा तेस्रो र आर्मी २२ अंकमा चौंथोमा छ । दुबै टोली अन्तिम खेलमा जित हात पार्दै स्थान सुधार्ने योजनामा हुनेछन् । मनाङ भने लिगमा शतप्रतिशत नतिजाको कीर्तिमान कोर्ने दाउमा छ ।
 

प्रतिकृया दिनुहोस

धनगढी प्रिमियर लिग क्रिकेट अन्र्तगत खेलाडीको खरिद विक्रि आज 

पुष २१,काठमान्डौ– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) आजहुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै 

पुष २१,काठमान्डौ- सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल आजबाट सुरु हुँदैछ । अन्तिम चरण अर्थात १३ औं चरणका खेल अन्र्तगत आज दुई खेल हुनेछन् ।

जर्मनीविरुद्ध अन्तिम ५ मिनेटमा २ गोल गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

मंसिर ४,एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सले जर्मनीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हार टारेको छ। सोमबार राति