• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

स्व.जगदिश घिमिरेको सम्झनामा साहित्यिक सम्मेलन हुने

पुष २०,मन्थली– रामेछाप जिल्लां सदरमुकाम मन्थलीमा शनिवार १ दिने  सहित्यीक सम्मेलन हुने भएको छ । जगदिश घिमिरे प्रतिष्ठानको आयोजनामा शनिवार साहित्यीक सम्मेलनको आयोजना  गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । सदरमुकाम मन्थलीस्थित सामुदायिक भवनमा हुने साहित्यीक कार्यक्रममा साहित्यका क्षेत्रमा लामो समयदेखि लागि परेका विभिन्न साहित्यकारकारहरुको उपस्थिती रहने छ । साहित्यमा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन प्रतिष्ठानले निम्ता गरेको छ ।

 

नेपाली साहित्यलाई माथी उठाउन घिमिरेले निकै योगदान दिएका थिए । उनले लेखेको अन्तर्मनको यात्रा नामक उपन्यासले मदन पुरस्कार समेत पाएको थियो । २००२ साल चैत २ गते जन्मिएर सामाजिक, साहित्यिक एवं बहुमुखी प्रतिभाका धनिका रूपमा चिनिएका घिमिरेको २०७० कात्तिक १४ गते माइलोमा रोगका कारण ६८ वर्षमै मृत्यु भएको थियो । रामेछापमा हरेक वर्ष उनको सम्झनामा कार्यक्रमहरु गर्ने गरिन्छ । 

प्रतिकृया दिनुहोस

यसवर्षको जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई

पौष २२,रामेछाप- यसवर्षको जगदिश स्मृति पुरस्कार साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । बरिष्ठ साहित्यकार, पत्रकार तथा समाजसेवि स्वर्गीय जगदिश

रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा पत्रकार तथा कलाकारलाई सम्मान

काठमाडौं– रामेछाप साँस्कृतिक कलाकार समाजले दशै तिहार शुभकामना आदान प्रदान तथा श्रष्टा सम्मान कार्यक्रमा गरेको छ ।राजधानीको सामाखुसी स्थित स्काई

१५३ औँ मोती जयन्ती मनाइदै 

भाद्र २४,काठमान्डौ– आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३