• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

आफूमाथि कालोमोसो दलिएपछि कंसाकारले भने : देश अराजकतामा जाने भयो

पौष २१,काठमान्डौ– नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले मानव जीवनमा व्यवस्थापन शास्त्रले ठूलो भूमिका खेल्ने बताउनु भएको छ । शुक्रबार आफ्नै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति लक्षित गर्दै ट्वीटमार्फत उहाँले यस्तो बताउनु भएको हो । महाप्रबन्धक कंसाकारले व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष्य  र साझा मूल्य मान्यतामा वचनबद्ध गराउन नसक्ने हो भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहने बताउनु भएको छ ।

 
महाप्रबन्धक कंसाकारलाई वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए ।  संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस गरेको थियो । शुक्रबार बसेको लेखा समितिको बैठकमा भने यस विषयमा विभाजित मत देखिएको छ ।

वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको उपसमितिले ठहर गरेको छ । सरकारले उपसमितिको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै वाइडबडी जहाज खरिदमा भएको अनियमितताका बारेमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।
 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र