• ON AIR

रामेछापको विकासका लागी प्रतिवद्ध छु : अर्थमन्त्री ढुंगेल 

पौष २२,रामेछाप– प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास निर्माणको लागि आफू प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धता अनुसार नै प्रदेश सरकारले काम गरिरहेको बताउदै उहाँले विकास निर्माणको कामलाई तीब्रता दिईएको उल्लेख गर्नुभयो ।

 

रामेछापको सुुनापती गाउँपालिका–१ गुन्सीमा रहेको शतलिङगेश्वर माविको ६२ औ बार्षिकोत्सव कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री ढुंगेलले रामेछापलाई समृद्धि बनाउने कार्यमा आफू अहोरात्र लागिरहेको बताउनुभयो । जिल्लाका तीन वटा ठुला सडक कालोपत्रे गर्नको लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको भन्दै मन्त्री ढुंगेलले अस्पताल सञ्चालन र प्रहरी चौकी निर्माणको लागि बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो । मन्त्री ढुंगेलले स्वास्थ्य, शिक्षा, कृषि, सडक र पर्यटन क्षेत्रको विकासमा विशेष ध्यान दिएको बताउदै प्राथमिकता निर्धारण गरेर नै काम अगाडि बढाइएको बताउनुभयो । उहाँले सरकारले केही काम गरेन भनेर गलत प्रचार भइरहेकोप्रति आपत्ति जनाउदै विकास निर्माणको काममा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

 

मन्त्री ढुंगेलले सामुदायिक क्याम्पसहरुको सुधारको लागि सरकारले कार्यक्रम अगाडि बढाएको बताउदै जिल्लाको शतलिङगेश्वर माविको स्तरउन्नती गर्ने कार्यमा पनि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामेछापको समग्र विकाश र समृद्धिको लागी प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्ने मन्त्री ढुंगेलको भनाई छ । 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा