• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

नमुनादीपको नमुना निर्णय : विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

पुष २४,मन्थली– रामेछाप जिल्लास्थित नमुनादीप युवा क्लब, सैपुले विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । क्लबको दोस्रो कार्यसमितिको बैठकले ७ वटा विद्यालयका गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।   क्लबका अध्यक्ष राजन बस्नेयतका अनुसार जिल्लाको लिखु–तामाकोशी गाउँपालिका–२ सैपुको कालिकादेवी आधारभूत विद्यालय,  अरुणोदय मावि, शहिदस्मृति मावि, चण्डेश्वरी माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

त्यसैगरी  दुरागाउँको त्रिपुरेश्वर मावि र शङकरेश्वरी आधारभुत विद्यालय, ओखलढुङ्गा लेतिको लेति माविका विद्यार्थीलाई पनि छात्रवृत्ति दिने निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए । क्लबले प्रत्येक विद्यालयका १÷१ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई ५ हजार र विद्यालयको सर्वोत्कृष्ट १–१ जना विद्यार्थीलाई १० हजार रकम प्रदान गर्ने निर्णय गरेको छ ।


विभिन्न खेलकुद प्रतियोगिताको आयोजना समेत गर्दै आएको सो क्लबले माघ मसान्तभित्र सैपु, दुरागाउँ र लेतिका विभिन्न स्थानमा खेलकुद सामाग्री प्रदान गर्ने निर्णय पनि गरेको छ । क्लबले आगामी दिनहरुमा छात्रवृत्ति,खेलकुदसंगै आयआर्जन, सामुदायिक विकास,सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार लाचार

माघ ८,रामेछाप– रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका

सामुदायिक वनका अध्यक्ष नै वन फडानीमा सम्लग्न

माघ ८,रामेछाप– डिभिजन वन कार्यालय रामेछापबाट इजाजत नलिई आपूmखुसी बन फडानी गरि काठ बिक्री गर्ने र खरिद गर्ने दुईजना विरुद्ध मुद्दा दायर गरिएको छ । वन

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी

माघ ८,रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको मझुवामा पर्ने सुनकोशी नदी थुनि अवैध रुपमा