• ON AIRतिफदी समाचार
  • राष्ट्रिय गितहरु

गाउँपालिकाको निर्देशनमा रोकियो जलविद्युत आयोजनाको काम 

पुष २४,मन्थली– रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ स्थित निर्माणाधीन स्वेत गंगा जलविद्युत आयोजनाको काम एक हप्तादेखि रोकिएको छ । स्थानीयको माग वेवस्ता गरेको भन्दै गाउँपालिकाले आयोजनालाई काम रोक्न लगाएको हो । प्रभावित क्षेत्रका वासिन्दाले राखेको माग वेवास्ता गरेको भन्दै गाउँपालिका अध्यक्षसहितको टोलीले निर्माणस्थलमै गएर काम काज ठप्प पारेको हो । आयोजनाको काम पुस १५ गतेदेखि रोकिएको हो ।


जलविद्युत आयोजनाले स्थानीय सरकार र जनतासँग सहकार्य नगरी केही अराजक व्यक्तिहरुलाई साथमा लिएर दादागिरी गरेकाले काम रोक्न लगाएको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले बताए । आफ्नो कार्यस्थलबाट निस्केको धुलो न्युनीकरण गर्न जनप्रतिनिधिले धेरै पटक अनुरोध गर्दा कम्पनी सञ्चालकले सुनुवाइ नगरेको उनले बताए । कम्पनीले स्थानीय जनतालाई दिने भनेको रोयल्टीसमेत नदिएको उनको आरोप छ । दुईहजार भन्दा बढी स्थानीयले गाउँपालिका घेराउ गरी आयोजनाको निर्माणको काम रोक्न आग्रह गरेपछि आपूmले वाध्य भएर काम रोक्न लगाउनु परेको अध्यक्ष खड्काले बताए ।

स्वेत गंगा हाइड्रोपावर कम्पनीका फिल्ड मेनेजर बसन्त पौडेलले भने स्थानीयको माग कम्पनीले पूरा गर्न नसक्ने खालका रहेको बताए । उनले गाउँपालिकाले नै काम रोक्न पत्र काटेको कारण पुस १५ गतेदेखि कामकाज रोकेको बताए । आयोजना प्रभावित स्थानीयहरुले  हाइड्रोपावरले वातावरणीय प्रदूषण नियन्त्रणका लागि उचित जिम्मेवारी पूरा गर्नुपर्ने, कम्तीमा १५ शैय्याको हस्पिटल निर्माण गर्नुपर्ने, बोर्डिङ स्कुलको ब्यवस्था, आयोजनाको कारण सुख्खा भएको खानेपानीको उचित व्यवस्था, अतिप्रभावितलार्ई रोजगारीको ब्यवस्था गर्नुपर्ने लगाएतका माग गर्दै आएका छन् । ओखलढुङ्गा र रामेछाप जिल्लाको सिमानामा निर्माणधिन स्वेत गंगा हाइड्रोपावर लिखु–३ बाट २८ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने योजना अनुसार काम भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर