• ON AIRसाझा खवर (CIN)
  • नेपाल दर्पण (उज्यालो)

कपाल खौरेर आमाको किरिया बसिन् सांसद उषाकला राई 

पुस २६, काठमाडौं – प्रदेश नम्बर १ की सांसद उषाकला राई आमाको किरिया बसेकी छिन् । लक्ष्मी राईकी एक मात्र सन्तान उषाकला आमाको किरिया बसेकी हुन् । उषाकलाकी आमा लक्ष्मी राईको बुधवार काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । ‘आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनि पुरुष अर्थात पुत्र बस्ने चलन) बस्ने र समाजलाई देखाउनुभएको छ,’ पति शेरबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेखेका छन् । संविधानसभाकी पूर्व सांसद समेत रहेकी राई त्यतिबेला संसदको महिला ककसकी संयोजक रहेको समयमा छोरीलाई छोरा सरह अधिकारका लागि संघर्ष गरेकी थिइन  ।

 

पति शेरबहादुर तामाङले लेखे यस्तो भावुक स्टाटस 

उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईंले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिबद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो ।

आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री ९शब्दमा किरियापुत्री भनेपनि पुरुष अर्थात पुत्र बस्ने चलन० बस्ने र समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।

महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानूनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौं । मेरो सधैं तपाईंप्रति सम्मान र समर्थन छ ।

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र