• ON AIR
  • स्टेशन सुभारम्भ

ट्रिफरको ठक्करबाट सव–ईन्जिनियर घाईते

पुष २६,मन्थली– रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–६, खिम्तिीमा ट्रिफरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाईते भएका छन् ।  बुधबार सदरमुकाम मन्थलीबाट खिम्तीतर्फ जाँदै गरेको बा २ ख ९७२२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख २०४७ नम्बरको ट्रिफरले ठक्कर दिँदा मोटरसाइकल चालक मन्थली नगरपालिका–१का ४७ वर्षीय कृष्णदास श्रेष्ठ घाइते भएका हुन । उनको हात र खुट्टामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


मन्थली नगरपालिकाको वडा नम्बर ११ र १२ मा सव इन्जिनियरको रुपमा कार्यरत श्रेष्ठ खिम्ती हुँदै भण्डारेबेसीमा भइरहेको सडकको काम हेर्न हिडेका बेला  ट्रिपरले ठक्कर दिएको वडा नं. १२ का वडाअध्यक्ष कृष्णहरी अधिकारीले जानकारी दिए । घटना लगत्तै श्रेष्ठको उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी काठमाण्डौ पठाईएको रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका

मावि राकाथुम खाँडादेवि गाउँपालिकाको एस.ई.ई. नतिजामा उत्कृष्ट

२३ असार, २०८० शनिबार  रामेछाप/ लामो समयदेखि सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको विल्ला बोकेर चौतर्फि आलोचना खेपिरहेको अवस्थामा पछिल्लो समयमा