तल्लो लिखु जलविद्युतको काम सुचारु हुने
पुष २६,मन्थली– रामेछापको लिखु तामाकोसी गाउँपालिका अन्तर्गत निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनालाई निर्वाध रुपमा काम अगाडि बढाउन दिने निर्णय भएको छ । आयोजनाले सम्झौता अनुसारको काम नगरेको भन्दै पालिकाका स्थानीयले अवरोध सृजना गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा दुवै पक्षसँग समझदारी कायम गरी आयोजना अगाडि बढाउन दिने निर्णय भएको हो । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले गाउँपालिकासँग समन्वय गर्ने शर्तमा तल्लो लिखु जलविद्युत आयोजनाको काममा अवरोध नगर्ने सहमति गरेका छन् । सम्झौता अनुसार काम नभएको भन्दै गाउँपालिकाका अध्यक्ष खड्काको नेतृत्वमा स्थानीयले केहिदिन अघि आयोजनको काम बन्द गर्न दबाब दिएका थिए ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल सहित प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले दुवै पक्षसँग परामर्श गरी काम अगाडि बढाउने निर्णय गरेका हो । आयोजनाको इआईएको रिपोर्टमा उल्लेख भए बमोजिम सामुदायिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रका नागरिकप्रति निर्वाह गर्नु पर्ने उत्तरदायित्व सम्बन्धित पालिकासँग समन्वय गरी कार्ययोजना तयार पारी काम गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले निर्देशन दिएको छ । साथै बैठकले प्राकृतिक स्रोत उपयोग गरेबापत तिर्नु बुझाउनु पर्ने राजस्व रकम गाउँपालिकासँग समन्वय गरी नियमानुसार गर्ने समझदारी भएको छ ।
जिल्ला अनुगमन तथा समन्वय समितिको अनुगमन एवं निर्देशन पश्चात हुने गरी हाललाई आयोजनाले सञ्चालन गरेको क्रसर सञ्चालन नगरी अन्य विद्युत उत्पादनसँग सम्बन्धित कार्यहरु निर्वाध रुपमा सञ्चालन गर्ने गरी जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा सहमति भएको छ । सो आयोजनाको काम श्वेतगंगा हाईड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडले गरिरहेको छ ।
रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए
२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका
रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते
२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर
रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो
२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ । बिहीबार हिमगंगा
प्रतिकृया दिनुहोस