• ON AIRआधुनिक गितहरु
  • लोक संगम (प्रशान्त हायू)

सिन्धुली कारागारमा क्षमताभन्दा बढी कैदी

पुष २८,सिन्धुली– कारागारको क्षमता भन्दा झण्डै ६ गुणा बढी कैदिबन्दी भएपछि कारागार कार्यालय सिन्धुलीमा समस्या उत्पन्न भएको छ । २५ जनाको क्षमता रहेको सिन्धुली कारागारमा अहिले कैदी र बन्दी गरी १४२ जना र एकजना आश्रित बालबालिका समेत गरी १४३ जना बस्दै आएका छन् । जनसङ्ख्या बृद्धिसँगै अपराधका घटना पनि बढेकाले कैदीको चाप बढेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कारागारमा रहेका कैदीमध्ये अदालतले सजाय तोकेका ११० जना कैदी र पुर्पक्षका लागि थुनामा राखेका कैदीको सङ्ख्या ३२  रहेको छ । कैदीको सङ्ख्यामध्ये ११ जना महिला रहेका छन् ।

 
साँघुरो कोठामा क्षमताभन्दा बढी कैदी राखिएको तथा सुत्नको लागि खाटको समेत व्यवस्था नभएका कारण कठिनसँग रात गुजार्न परेको उनिहरुको गुनासो छ  जाडोको मौसम भएकाले महिला कैदीलाई भने दैनिक रुपमा दिउँसो एक÷डेढ घण्टा घाममा निकालेर राख्ने गरिएको कारागार कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक सुरेशकुमार झाले बताउनुभयो । वि.स.२०२५ सालमा निर्मित भवन जीर्ण बन्दै गएको र भूकम्पले समेत चिरा पारेकोले नयाँ भवन निर्माणका लागि आठ करोड ८८ लाख रुपैयाँको लागतमा डाँफे कन्ट्रक्सन धुलीखेलले ठेक्का पाएको कार्यालय प्रमुख(जेलर) मात्रिका प्रसाद पहाडीले जानकारी दिनुभयो । तीन वर्ष्भित्र उक्त नयाँ भवन निर्माण गरिसक्नु पर्ने उहाँको भनाई छ । भवन निर्माण भएपछि भने केहि सहज हुने उहाँको भनाई छ । 

 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र