• ON AIRआधुनिक गितहरु
  • लोक संगम

ठेउलाको प्रकोपबाट विद्यालय बन्द

पुष २८,सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिका–१४ स्थित डडुवा भवानी शङ्कर माविका छात्रछात्रा ठेउला रोगबाट ग्रसित भएपछि पाँच दिनको लागि विद्यालय बन्द गरिएको छ । गत मङ्गलबार चार विद्यार्थीमा देखा परेको सो रोगले हाल दुई दर्जन बढी छात्रछात्रा बिरामी परेकाले चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण हुन नदिन आगामी माघ २ गतेसम्म विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक बद्री नेपालले जानकारी दिनुभयो ।

 

शुरुमा सामान्य ज्वर आउने, शरीरमा बिबिरा देखा पर्ने लक्षण रहेको सरुवा रोग भएकाले सङ्क्रमण हुन नदिन चिकित्सकका सुझावअनुसार व्यवस्थापन समिति, जनप्रतिनिधि र अभिभावकको भेलाले आजदेखि विद्यालय बन्द गरिएको प्रअ नेपालले बताउनुभयो । विद्यालयमा रोग फैलिएको जानकारी पाएपछि विश्व स्वास्थ्य सङ्गठनका डा सागर शाक्यसहितको टोलीले निरीक्षण गरी महामारीको रुप लिन नपाओस् भन्ने उद्देश्यले औषधि वितरण गर्नुका साथै विद्यालय बन्द गर्न सल्लाह दिएको नगरपालिकाका स्वास्थ्य संयोजक शिव पुरीले बताउनुभयो । हाल सो विद्यालयमा ३२६ विद्यार्थी अध्यनरत छन् ।
 

 

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ

एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सम्पन्न 

२० कात्तिक २०८०, सोमबार रामेछाप– एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप नगरपालिकाको तेस्रो नगर अबिधेशन सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमका