• ON AIRतिफदी समाचार
  • राष्ट्रिय गितहरु

डा.गोविन्द केसीको अनसन सातौं दिनमा

माघ २,ईलाम– १६ औं अनसनमा बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । सरकारले आफूसँग गरेको सहमति अनुसार हुबहु चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै इलामबाट अनसन सुरु गर्नुभएका डा.केसीको अनसनको आज सातौं दिन हो । सातौं दिनको अनसनमा उहाँको स्वास्थ्य गम्भीर बनिसकेको चिकित्सकहरुले बताएका छन् ।

 

डा.केसीको उपचारमा खटिनुभएका जिल्ला अस्पताल इलामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट वृजेन्द्र कुमार साहका अनुसार डा.केसीलाई विभिन्न स्वास्थ्य समस्याले सताउन थालेको छ । केसीको स्वास्थ्य रिपोर्ट अनुसार उहाँको शरीरमा रगत र चिनीको मात्र कम हुँदै गइरहेको छ भने संक्रमण अझ बढ्दै गएको छ । त्यस्तै  टाउको दुख्ने, पेट पोल्ने, खुट्टाको मांशपेसी दुख्ने र स्वास फेर्न अप्ठ्यारो हुन थालेको छ ।

 

डा. केसीको स्वास्थ्य गम्भिर बन्न थालेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलाम पुगेको छ । 
 

प्रतिकृया दिनुहोस

आज फागु पर्व, धुमधामसँग मनाइँदै

 ११ चैत २०८०, आइतवार रामेछाप– फागु पर्व, आज देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई

शैक्षिक कार्यतालिकाको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

९ चैत २०८०, शुक्रवार रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक कार्यतालिकालाई प्रभावकारी कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानतमा छाडियो 

९ चैत २०८०, शुक्रवार रामेछाप– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा