• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

खाँडादेवी गाउँपालिका,अध्यक्षको आफ्नै मझेरी

माघ ६,रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका आफ्नै छोरी रमिता तामाङ, भाइ अर्जुन तामाङ, भतिज देवकुमार तामाङ, बहिनीज्वाई श्याम लामा सहित २१ जना पालिकामा जागिरे भएको खुलेको हो । (समाचार उत्पादक निगरानी समूह) रामेछापले तथ्यसहित यो खवर सार्वजनिक गरेको छ । स्थानीय बेदराज लामाले आफ्ना नाताका मानिसलाई मात्र गाउँपालिकामा अध्यक्ष तामाङले जागिर दिएको भन्दै आक्रोश पोखेका छन् । अचम्म त के छ भने अधिकृत तहदेखि सवारी चालकसम्म २१ जना कर्मचारी छनौट हुँदा १ भन्दा बढीको आवेदन नै नपरेको पालिकाले दाबी गरेको छ ।

 

खाँडादेवी गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार अध्यक्ष प्रेमबहादुर तामाङकी छोरी पशु चिकित्सक पदमा, ज्वाइँ कम्प्युटर अपरेटर पदमा, भाइ सूचना तथा प्रविधि अधिकृत पदमा निर्विवाद नियुक्त भएका हुन् । पालिका अध्यक्ष तामाङले समेत कुनै पनि पदमा कसैले आवेदन नगरेकाले आफ्नी छोरीसहित घरपरिवारकै मानिस छनौट भएको बताएका छन् । उनले आफन्त मात्र भर्ति गरेको भन्ने आरोप सत्य नभएको दाबी गर्दै आफूलाई सहयोग पुगोस् भनेर आफन्त ल्याएको स्वीकार गरेका छन् । कर्मचारी आवश्यकताका लागि गत असोजमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाले पनि कसैको आवेदन नपरेपछि गत मंसिरमा अध्यक्ष तामाङका एकाघरका नातेदार सहितका आफन्तहरु छनौट भएको सुवेदीले जनाएका छन् ।


यसअघि खाँडादेवी गाउँपालिका भवनमा अनियमितता भएको आशंका गर्दै अधिकांश वडाअध्यक्षले गाउँपालिकाकोे भवन उद्घाटन कार्यक्रम नै बहिस्कार गरेका थिए । हालै भएको पालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा एउटा मात्र निजी रेडियोलाई लाभ हुनेगरी अध्यक्ष प्रेमबहादुर तामाङले गतिविधि गरेको भन्दै रामेछापका अधिकांश विद्युतीय सञ्चार माध्यमले कार्यक्रम नै बहिस्कार गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर