• ON AIRनेपाल दर्पण (उज्यालो)

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो 

माघ ६,मन्थली– रामेछापको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको फुलबारी घर भएका वर्ष २६ का ओम कार्की र मन्थली नगरपालिका वडा नम्वर ५ सुनारपानीका निरोज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक कार्कीको घटनास्थलमै ज्यान गएको हो भने गम्भिर घाईते भुजेललाई उपचारका लागी काठमान्डौ लाग्ने क्रममा बाटैमा ज्यान गएको जनाईएको छ ।

 

प्रहरीका अनुसार दुर्घटनमा परि घाइते भएका १६ जना मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ ।गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको छ । घाइते हुनेहरुमा मन्थली नगरपालिकाका ५ का गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल रहेका छन् । त्यसैगरी ओखलढुङ्गाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिना माया माझी, अर्जुन तामाङ बर्दिया जिल्ला घर भएका भोलाराम थारु, बलदेव थारु लगायत १६ जना रहेका छन् । घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

 

ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान लागेको बा ४ ख४२१० नम्बर अरनिको यातायातको सुपर बस ब्रेक फेलभई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।ओरालो कालोपत्रे सडकमा गुडिरहेको बसको एक्कासी ब्रेक फेलभएपछि चालकले दुर्घटना हुनबाट जोगाउँन सडकको भित्तातिरको गल्छीमा बस उकालेका थिए । सोहीक्रममा बस पल्टिएको हो । चालकले चलाखीपुर्ण बस गल्छतिर्फ उकालेका कारण ठुलो जनधनको क्षतीहुनबाट जोगिएको अनुमान गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा

राप्ती पुलबाट बस खस्दा १२ जनाको ज्यान गयो, २३ घाइते

२८ पुष २०८०, शनिवार रामेछाप– दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा १२ जनको ज्यान गएको छ । सो दुर्घटनामा ११ पुरुष र १ महिलाले ज्यान

उमाकुण्ड लिगको उपाधि प्रीति मिलन चोक यूथ क्लब रामेछापले जित्यो

८ पुष २०८०, आइतबार   रामेछाप– रामेछाप उमाकुण्ड गाउँपालिका– ७ भुजीमा भएको उमाकुण्ड लिगको उपाधि प्रीति मिलन चोक यूथ क्लबले जितेको छ । प्रीति मिलन