• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

बस दुर्घटनाप्रती नेविसंघ क्याम्पस ईकाईद्धारा दुख व्यक्त

माघ ७,मन्थली– आईतबार रामेछापमा भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएकाप्रती नेपाल विद्यार्थी संघले दुःख संगै समवेदना व्यक्त गरेको छ । ओखलढुङ्गाको घोराखोरीबाट काठमाण्डौका लागि छुटेको बा ४ ख ४२१० नम्वरको यात्रुबहाक बस मन्थली नगरपालिका–१ मच्छेडाँडीमा आइतबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।

 

दुर्घटनामा परी ओखलढुंगाको चम्पदेबी–६ फुलबारी का ३६ वर्षिय ओम कार्की र मन्थली सहिदस्मृति बहुमुखी क्याम्पस मन्थलीमा शिक्ष संकायतर्फ वि.एड चौँथो वर्षमा अध्ययनरत मन्थली नगरपालिका ५ का निरोज भुजेलको निधन भएको थियो । तरुण दल मनपा–५, सुनारपानिका अध्यक्ष समेत रहेका सहपाठी भुजेलको निधनले नेविसंघलाई मर्माहत बनाएको शोक विज्ञप्तीमा जनाईएको छ ।स्वर्गिय भुजेलले अंगालेको राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई सदैव आत्मसाथ गर्दै उनको विचारलाई अमर बनाउने कार्यक्रम नेविसंघ क्याम्पस ईकाई सदैव दृढ संकल्पका साथ लागी पर्ने ईकाई सभापति सन्तोष सुवेदीद्धारा हस्ताक्षरित शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

साथै नेविसंघ मन्थली क्याम्पस ईकाई समितिले घाईतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ । आईतबार भएको दुर्घटनामा परी घाईते भएकाहरुको अहिले सदरमुकाम मन्थली र गम्भिर घाईतेहरुको काठमान्डौ र धुलिखेलमा उपचार भईरहेको छ । 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर