• ON AIRआध्यमत्मिक ज्योती
  • नेपाली खवर (NRN)

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी

माघ ८,रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको मझुवामा पर्ने सुनकोशी नदी थुनि अवैध रुपमा निर्माण गरिएको कल्र्भट बन्द गर्न माग गर्दै स्थानीयहरुले संस्कृति पर्यटन मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।सुनकोसी नदीमा कल्भर्ट निर्माण गरि नदीजन्य बस्तुको दोहन भइरहेको र अवैध रुपमा बालुवा, ढुङ्गा र गिट्टी निकासी गर्ने उद्देश्यले सुनकोशी नदीको धारनै परिवर्तन गराएको स्थानीयको आरोप छ । नदीमा अवैध रुपमा हिमपाइप विच्छाई नदीनै थुनेर कल्र्भट निर्माण गरि बालुवा, ढुङ्गा र गिट्टी अवैध रुपमा चोरी निकासी भइरहेको भन्दै स्थानीयले पर्यटन मन्त्रालयमा उजुरी दिएको समाचार उत्पादक निगरानी समुह रामेछापले जनाएको छ । 


यस विषयमा पटक–पटक जानकारी गराउँदा पनि स्थानीय प्रशासनले कुनै चासो नदेखाएकोले मन्त्रालयमा उजुरी दिनुपरेको जल पर्यटन व्यवसायि रमेश योञ्जनले बताए । कल्भर्टको कारण काभ्रेपलाञ्चोकको दोलालघाट हुँदै जलयात्रामा निस्कने आन्तरिक तथा बाह्य पर्यटकहरुको यात्रामा समेत अवरोध पुगेको उनले बताए । काभ्रेको दोलालघाटबाट सनुकोशी नदी हुँदै आउँने जल पर्यटकहरु कल्भर्ट भएको स्थानमा झरी जल पर्यटनका सामग्रीहरु बोकेर आधा घण्टा पैदल यात्रा गर्नुपर्दा समस्या भएको जल पर्यटकको गुनासो छ । नदीको बहाव नै परिवर्तन गरि अप्राकृतिक रुपले नदीको दोहन गर्ने गराउने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।सुनकोशी नदीमा रहेको सो कल्भर्ट खाँडादेवि गाउँपालिकाको समन्वयमा निर्माण गरिएको हो । कल्भर्ट एक महिना अघि खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले उद्घाटन गरेका थिए । कल्भर्ट उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले कल्भर्टले खाँडादेवि गाउँपालिकाको विकासमा सहयोग पु¥याउने बताउँदै दीगो बनाउन गाउँपालिकाले आर्थिक सहयोग गर्ने बचन दिएका थिए ।


प्राकृतिक रुपमा बगिरहेको नदीलाई थुनेर हिमपाइप हाल्ने र कल्र्भट निर्माण गर्ने जोसुकै भए पनि कारबाही हुने रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताएका छन् । सुनकोशी नदीमा कोसीनै थुनेर अस्थायी कल्भर्ट निर्माण गरिएको भनि केही स्थानीय ब्यक्तिले मौखिक रुपमा जानकारी गराएको पनि प्रजिअ शर्माले बताए ।प्रजिअ शर्माले अनुगमन गरि नियम विपरीत कल्भर्ट निर्माण गरिएको पाइएमा हटाउने पनि बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

आज लिखु तामाकोशी गाउँपालिकामा शोक बिदा

१५ चैत २०८०, बिहीबार रामेछाप– लिखु तामाकोशी गाउँपालिकामा बिहीबार शोक बिदा दिइएको छ । गाउँपालिकाले बिहीबार अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

बागमती प्रदेश युवा परिषद्ले युवालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै

११ चैत २०८०, आइतवार र रामेछाप– बागमती प्रदेश युवा परिषद्ले युवालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न आवेदन खुल्ला गरेको छ ।  बागमती प्रदेश